भ्रमण वर्षलाई सफल बनाउन नगर प्रमुख दहालको विभिन्न देशका राजदूतसँग भेट

Devghat Online

शेयर गरौ

चितवन चैत ०३ ।

चितवन । भरतपुर भ्रमण वर्ष प्रचार–प्रसार गर्ने उद्देश्यका साथ युरोप भ्रमणमा रहनुभएका भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विभिन्न देशमा रहेका राजदूतसँग भेटघाट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको छ । प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाली राजदूतहरुले आफ्नोतर्फबाट भ्रमण वर्षलाई सफल बनाउन आवश्यक साथ र सहयोग रहने बताउनुभएको थियो । नेपालको मध्यभागमा रहेको चितवन र भरतपुरको आफ्नै विशेषता एवं महत्व रहेको भन्दै राजदूतहरूले युरोपका पर्यटकलाई भ्रमणका लागि अनुरोध गर्ने विश्वास दिलाउनुभयो । प्रमुख दाहालले बेल्जियम, स्पेन र फ्रान्सका विभिन्न सहरमा भएका विभिन्न कार्यक्रममा सहभागी भई भरतपुर भ्रमणका लागि निमन्त्रण गर्नुभएको भरतपुर भ्रमण वर्ष २०२४ मूल समारोह समितिका सदस्य एवं बेल्जियममा रहनुभएका व्यवसायी लोकप्रसाद दाहालले राससलाई जानकारी दिनुभयो ।

प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार गर्न र भरतपुरको महत्त्वपूर्ण घुम्ने स्थानबारे जानकारी गराउन आग्रह गर्नुभएको थियो । भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने उद्देश्यसहित लक्ष्य लिएको छ । व्यवसायी दाहालका अनुसार प्रमुख दाहालले युरोपका विभिन्न देशका विभिन्न सहरका नगरपालिकाका प्रमुखसँग भेट गरी भरतपुर भ्रमण वर्ष २०२४ को निमन्त्रण गर्नुभएको छ ।

उत्कृष्ट मेयर अवार्ड ग्रहण गर्न बेलायत जानुभएका मेयर दाहाल अवार्ड लिएर युरोप प्रस्थान गर्नुभएको हो । प्रमुख दाहालले भरतपुरमा भएका विकास निर्माणका साथै घुम्नलायक धेरै स्थानको भ्रमण गर्न आग्रह गर्नुभएको छ । महानगरले कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई आर्थिक विकासको आधार बनाएको छ । महानगरपालिकामा उद्यान, सङ्ग्राहालय, विमानस्थल, चक्रपथ, लिङ्करोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटनका प्रशस्त पूर्वाधार रहेको भन्दै एकपटक भरतपुर भ्रमणमा आउन प्रमुख दाहालले अनुरोध गर्नुभएको थियो । प्रमुख दाहालले फ्रान्समा रहेका नेपाली समुदायलाई पनि आजै भेट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको थियो ।

उहाँले विभिन्न देशमा रहेका नेपाली समुदायलगायत युरोपमा यही आइतबार र सोमबार आयोजित जनप्रगतिशील मञ्चको युरोप भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले स्पेनको बार्सिलोनाका प्रमुखसँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स तथा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद डिन रसेल र लेबर पार्टीका सांसद वीरेन्द्र शर्मासँग भेटवार्ता गरी दुई देशबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण आदानप्रदानलगायतका विषयमा छलफल गर्नुभएको थियो ।

प्रमुख दाहालले हाउस अफ कमन्सको टेरेस पेभिलियनमा लण्डनका मेयर सादिक खानले प्रमुख दाहाललाई इन्टरनेशनल मेयर अवार्ड प्रदान गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमितता भएको ठहर

देवघाट, जेठ ३१ देवघाट गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमिता भएको महालेखा परिक्षण

राष्ट्रिय परिचयपत्र दर्तामा भिड गर्नु पर्दैन, ‘भाद्र मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने’

दमौली, जेठ ३० गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले भदौ मसान्तसम्म सामाजिक सुरक्षा