देवघाट, चैत ४
देवघाट–५ मा रहेको कालिका माविका विद्यार्थी र अभिभावकले चितवनको भरतपुर स्थित मनकामना अस्पतालमा उपचार गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।
विद्यालयका लेखा प्रमुख प्रशन्न ढकालका अनुसार उक्त अस्पतालको औषधी सेवा बाहेक अन्य स्वास्थ्य परिक्षण सम्बन्धी सबै सेवामा २० प्रतिशत छुट हुने छ ।
उपचार सेवाको छुटको कार्ड लिनकोलागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फोटो सहित विद्यालयमा सम्पर्क गर्नुहुन विद्यालयले सबै अविभावकमा अनुरोध गरेको छ ।