गन्डकीका मुख्यमन्त्री पान्डेले दिए राजिनामा

Devghat Online

शेयर गरौ

पोखरा, चैत २१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिएका हुन् ।

फागुन २३ गते माओवादी केन्द्रले पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता पछि उनी अल्पमतमा परेका थिए ।  अल्पमतमा परेका पाण्डेले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो । तर, पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिँदै गण्डकीमा सरकार गठन गर्न संविधानको धारा १६८ ९२० को बाटो खुलाएका छन् ।

अब, गण्डकीका प्रदेश प्रमुख सो धारा अनुसार सरकार गठन आह्वान गर्नेछन् ।

संविधानको धारा १६८ ९२० उपधारा ९१० मा बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य