एमाले तनहुँको अधिवेशन बैशाख २८ र २९ गते हुने

Devghat Online

शेयर गरौ

दमौली, चैत २१

नेकपा एमाले तनहुँको एघारौं जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते दमौलीमा हुने भएको छ ।

बुधबार बसेको जिल्ला कमिटिको पुर्ण बैठकले जिल्ला अधिवेशन बैशाख २८ र २९ गते गर्ने निर्णय गरेको । यस अघि जिल्ला अधिवेशन बैशाख ७ र ८ गते गर्ने निर्णय भएकोमा बुधबारको बैठकले अधिवेशनको मिति शंसोधन गरेको हो ।

यही बैशाख ९ र १० गते नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषदको बैठक रहेको तथा जिल्लामा पार्टी सदस्यता नविकरण भईरहेको र जिल्ला अधिवेशनको तयारीकोलागि समय पनि नपुगेको कारण अधिवेशनको मिति २० दिन पछि सारेको हो । बैठकमा यस अघिको बैठकबाट जिल्ला कमिटिमा मनोनित भएका सदस्यहरुको सपथ गराईएको थियो ।

जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, एमाले नेता प्रतापलाल श्रेष्ठ, शंकरनारयण श्रेष्ठ, प्रदेश सचिव धनन्जय दवाडी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि