एमाले तनहुँको अधिवेशन बैशाख २८ र २९ गते हुने

Devghat Online

शेयर गरौ

दमौली, चैत २१

नेकपा एमाले तनहुँको एघारौं जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते दमौलीमा हुने भएको छ ।

बुधबार बसेको जिल्ला कमिटिको पुर्ण बैठकले जिल्ला अधिवेशन बैशाख २८ र २९ गते गर्ने निर्णय गरेको । यस अघि जिल्ला अधिवेशन बैशाख ७ र ८ गते गर्ने निर्णय भएकोमा बुधबारको बैठकले अधिवेशनको मिति शंसोधन गरेको हो ।

यही बैशाख ९ र १० गते नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषदको बैठक रहेको तथा जिल्लामा पार्टी सदस्यता नविकरण भईरहेको र जिल्ला अधिवेशनको तयारीकोलागि समय पनि नपुगेको कारण अधिवेशनको मिति २० दिन पछि सारेको हो । बैठकमा यस अघिको बैठकबाट जिल्ला कमिटिमा मनोनित भएका सदस्यहरुको सपथ गराईएको थियो ।

जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, एमाले नेता प्रतापलाल श्रेष्ठ, शंकरनारयण श्रेष्ठ, प्रदेश सचिव धनन्जय दवाडी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य