देवघाट, चैत २१
देवघाट गाउँपालिका वडा नम्बर ५ को कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । उक्त भवनको जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख वाग्लेले वडाबाट अब थुप्रै सेवा प्रबाहका साथै बिकास निर्माणका कामहरु हुने बताए । जिल्लामा रहेका ८५ वडा मध्ये करिब ५० वडामा समन्वय समितिले पनि सहयोग गर्दै आइरहेको वाग्लेले बताए । वडा कार्यालय भवनको लागि अझै पर्याप्त कोठा नपुग्ने भएकाले समन्वयले के कति गर्न सक्छ त्यसको लागि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । वाग्लेले देवघाटको समस्या समाधानका लागि रास्ट्रपतिले पनि चासो लिने गरेको बताए ।
देवघाट गाउँपालिकका अध्यक्ष तिलबहादुर थापाले सिंहदरबारको अधिकार गाउँगाउँबाट भन्ने नारा अब यहाँका जनताले अनुभुति गर्ने बताए । अव वडा कार्यालयको आफ्नै भवनबाट नै सेवा प्रवाह हुने भन्दै अध्यक्ष थापाले स्थानिय नागरिकले वडाबाटै सहजै सेवा पाएपछि बल्ल सिंहदरबारको अधिकार यहीँ पाएको अनुभव गर्ने बताए । पछिल्लो समय जनप्रतिनिधिसँग असन्तुष्टि ब्यक्त गर्ने धेरै छन् तर बिकासका लागि पर्याप्त बजेट नहुँदा समस्या छ । बाहिरबाट हेर्दाखेरी देवघाट सुगम र प्रसिद्ध भनेर चिनिने तर हाँको भौगोलिक अवस्था दुर्गम रहेको भन्दै अध्यक्ष थापाले बाहिरबाट बुझ्दा र यहीँबाट हेर्दा यहाँको अवस्था फरक रहेको बताए ।
गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले हिजोका जनप्रतिनिधिले सुरु गरेको काम अहिलेका जनप्रतिनिधिले पूरा गर्दै आएको बताए । यो वडा कार्यालयको शिलान्यास पहिलाको जनप्रतिनिधिले गरेको भन्दै उनले अहिलेको टिमले भवन निर्माण पुरा गरेको बताए । विगतदेखी सुरु भएको विकासको कामलाई पुरा गर्ने उनले बताए । प्रदेश र संघका गठबन्धन बन्ने र भत्कनेसँग स्थानीय तहको कुनै सम्बन्ध नरहेको र माथि गठबन्धन भत्किएपनि देवघाटमा यसले कुनै असर र प्रभाव नपार्ने उपाध्यक्ष गुरुङले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले भाषणले भन्दा पनि काम गरेर देखाउनुपर्ने बताए । उनले ५ नम्बर वडा पबित्र भुमी भएकाले देवघाटधामको बिकासको लागि पनि कामहरु गर्न जरुरी रहेको बताए । देवघाटमा ५ वटै वडाको भवन निर्माण भएको भन्दै उनले अव जनताको काम सहज र सरल तरिकाले हुने बताए ।
वडा अध्यक्ष पुर्णबहादुर कुँवरले भवन आफ्नै भएपछि सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे । भवन निर्माणकोलागि सहयोगर्ने सबैलाई वडा अध्यक्ष कुँवरले धन्यवाद व्यक्त गरे ।
वडा अध्यक्ष पुर्णबहादुर कुँवरको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, २ का अध्यक्ष मिनबहादुर राना, वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर आले, पुर्व वडा सदस्य भोजराज नैनावस्ती, रास्वपाका देवघाट सभापती गोविन्द न्यौपाने, राप्रपाका वडा सभापती दिवाकर मिश्र, देवघाट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारी, कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने, चक्रवर्ती आधारभुत विद्यालयकी प्रअ गिता रानाभाट, सुन्दरसिल टोल विकास संस्थाका अध्यक्ष दुर्गाबहादुर राना, देवघाट महिला सन्जालकी अध्यक्ष राधादेवी खनाल, वडा सदस्य बुद्धिबहादुर पाण्डे लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन वडा नम्बर ५ की वडा सचिव पविता खनालले गरेकी थिइन् ।
उक्त वडा कार्यालय भवन निर्माणको लागि खनिज मल्टी कन्स्ट्रक्सन प्रालि भक्तपुरले २०७९ भदौ ६ गते सम्झौता गरेर काम सुरु गरेको थियो । नवनिर्मित भवन ९४ लाख ९ हजार लागतमा निर्माण भएको गाउँपालिकाका इन्जिनियर तिर्थ ढुंगानाले जानकारी दिए ।