दमौली, चैत २२
राष्ट्रपती रामचन्द्र पौडेल भोली शुक्रबार भिमाद आउने भएका छन् । भिमाद नगरपालिका ६ स्थित जनज्योती क्याम्पसको १६ औं बार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवनको उद्घाटनकोलागि राष्ट्रपती पौडेल भिमाद आउने भएका हुन् ।



राष्ट्रपती पौडेल नेपाली सेनाको हेलिकप्टर बाट भिमाद आउने छन् । उक्त कार्यक्रम विहान ११ बजे जनज्योती क्याम्पस परिसरमा हुने क्याम्पस प्रमुख केशवराज काफ्लेले जानकारी दिए । राष्ट्रपति पौडेल गत चैत १७ गते देवघाट आएका थिए । सातामा २ पटक राष्ट्रपती पौडेल गृह जिल्ला तनहुँ आउने भएका हुन् ।
यसैगरि राष्ट्रपती पौडेल आउँदो बैशाख ३ गते म्याग्दे गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनकोलागि तनहुँ आउने कार्यक्रम तय भएको छ ।