श्रीमतीको हत्या गर्ने कुमाललाई अनुसन्धानकोलागि १० दिन थुनामा राख्ने अनुमती

Devghat Online

शेयर गरौ

दमौली, चैत २५

शनिबार दिउँसो धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गरेका गोरखा जिल्ला पालुङटार नपा–८ दुवार स्थायी घर भई व्यास नगरपालिका–५ सेरा चापटार बस्ने ३५ बर्षिय जितबहादुर कुमाललाई अनुसन्धानकोलागि १० दिन थुनामा राख्न जिल्ला अदालतले अनुमती दिएको छ ।

घरायसी विवाद हुँदा जितबहादुरले आफ्नै श्रीमती ३६ बर्षिया सुन माया कुमाललाई घरमा रहेको धारिलो हतियार दाउले पटक पटक प्रहार गरि हत्या गरेका थिए । श्रीमतीको हत्या गरि भाग्ने प्रयास गरेको अवस्थामा स्थानिय बासिन्दाको सहयोगमा शनिबार नै प्रहरीले घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो ।

कुमाललाई आईतबार जिल्ला अदालनमा पेश गरि थप अनुसन्धानकोलागि १० दिन थुनामा राख्न अनुमति लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सो घटनाको विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता