देवघाट वडा नम्बर ४ को कार्यालय भवन उद्घाटन

Devghat Online

शेयर गरौ

देवघाट, चैत २५

देवघाट गाउँपालिका वडा नम्बर ४ को काफलडाँडामा नवनिर्मित वडा कार्यालय भवनको शनिबार गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै वडा गाउँपालिकाका अध्यक्ष थापाले नवनिर्मित वडा भवनबाट जनताले अझै गुणस्तरीय सेवा पाउने बताए ।

सिंहदरबारको सेवा घर घरबाट भन्ने नीति अनुसार गुणस्तरीय र प्रभावकारी सेवा दिन देवघाट गाउँपालिकाको सबै वडामा आफ्नै सुविधा सम्पन्न भवन बनाईएको अध्यक्ष थापाले बताए । सो अवसरमा अध्यक्ष थापाले वडा नम्बर ४ जोड्ने गाईघाटमा बन्ने मोटरेवल पक्की पुल निर्माणको लागि केन्द्र सरकारसँग पहल भइरहेको हुँदा छिटोभन्दा छिटो पुल निर्माणको काम हुने विश्वास दिलाए ।

वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, वडा नम्बर २ का अध्यक्ष मीनबहादुर रानामगर, वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर आलेमगर, नेपाली काँग्रेसका जिल्ला सदस्य अर्जुन अधिकारी, नेकपा माओवादी जिल्ला कमिटी सदस्य हुमबहादुर गुरुङ, नेकपा एमाले देवघाट अध्यक्ष केसवचन्द्र न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला समन्वय समिति तनहुँ र देवघाट गाउँपालिकाको संयुक्त लगानीमा सो भवन ८३ लाख १४ हजार ८ सय ३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको थियो । भवन निर्माणको लागि एस आर निर्माण सेवा देवघाट–५ सँग सुरु सम्झौता भएपनि उक्त कम्पनीले निर्माण गर्न नसकेपछि पुनः टेक्साई इस्टक्चर प्रा.ली.काठमाडौसँग निर्माण सम्झौता भएको गाउँपालिकाका इन्जिनियर तिर्थ ढुङगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म