इलाम, वैशाख १५ ।
इलाम क्षेत्र नं. २ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।
शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो ।
यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् । रासस
वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने
देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज