एक्सपर्ट एजुकेशनको पाचौँ शाखा खैरहनीमा

Devghat Online

शेयर गरौ

चितवन, वैशाख १५ ।
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस चितवनको पाचौं शाखा पर्सामा सञ्चालन भएको छ । नेपालकै लोकप्रिय शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले पूर्वी चितवनको खैरहनी नगरपालिका–८ पर्सा बजारमा पाचौंं शाखा सञ्चालनमा ल्याएको हो ।
शाखा उद्घाटन गर्दै खैरहनी नगरपालिका–८ का वडा अध्यक्ष शकंर कंडेलले पर्सा बजारमा एक्सपर्टले पाचौं शाखा स्थापना गरेकोमा धन्यवाद व्यक्त गरे ।
पछिल्लो दुई÷तीन वर्षदेखि वैदेशिक प्रयोजनका लागि चाहिने कागजात बनाउन वडा कार्यलयमा दैनिक ७ देखि ८ जान आउने गरेको अध्यक्ष कंडेलले बताए । प्रायजसो विद्यार्थी नेपालमा पढ्ने वातावरण छैन भनेर विदेशमा पढ्नको लागि कन्सल्टेन्सी मार्फत विदेश जाने एउटा माध्यम मात्र बनाएको उनले बताए ।
उनले भने, ‘अहिले प्रायजसो विद्यार्थी नेपालमा पढ्ने वातावरण नभएर विदेशमा पढ्नको लागि विदेश जान लागेका हुँदैनन् । उनीहरुले विदेश जानको लागि कन्सल्टेन्सीलाई एउटा माध्यम मात्र बनाएका हुन्छन् । विदेश गएर कलेज कम जाने, पैसा कमाउने अनि आफ्नो परिवारलाई पनि उतै लग्ने प्रचलन छ । यो विषय गम्भिर छ ।’
सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया तथा अन्य देशहरूमा उच्च शिक्षा अध्ययनमा सहजिकरण गर्ने उद्देश्यले पर्सा बजारमा शाखा सञ्चालनमा ल्याएको एक्सपर्ट एजुकेसन चितवनका डाइरेक्टर डिल्लीराम अधिकारीले बताए । उच्च शिक्षाका लगि गुणस्तरीय एवं विश्वासिलो शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको उनको भनाई छ ।
अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टले अस्ट्रेलियालगायत विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श र भिसाका लागि प्रक्रियामा सहजीकरण गर्दै आएको छ । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले स्थापनाको २० वर्ष पूरा गरिसकेको छ । सन् २००३ अगस्ट ८ मा अस्ट्रेलियाको सिड्नीबाट उच्च शिक्षा तथा आप्रवासनसम्बन्धी परामर्श दिँदै आएको एक्सपर्टले अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको छ । अस्ट्रेलियामा भएका सरकारी तवरका ३८ वटा युनिभर्सिटीमध्ये २८ वटा युनिभर्सिटीसँग सहकार्य रहेको दुई दशकदेखि विश्वका १६ देशका ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग