देवघाटधाम जेसीजद्वारा विद्यालयमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट । देवघाटधाम जेसीजले विद्यालयमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जेसीजको आयोजनामा  शुक्रबार देवघाट ५ तनहुँमा रहेको बज्रयोगिनी माध्यमिक विद्यालयमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
उक्त विद्यालयमा कक्षा ८ ,९ र १० मा अध्ययन गर्ने छात्राहरूलाई विशेषत महिलाहरुमा हुनसक्ने क्यान्सर सम्बन्धी सचेतना दिइएको थियो। सो कार्यक्रममा प्रशिक्षकको रूपमा आउनुभएका भरतपुर अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट तथा स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले महिलाहरूमा हुनसक्ने क्यान्सर सँगसँगै बढ्दो उमेर सँगसँगै महिलाहरूमा देखिने विभिन्न महिनावारी सम्बन्धी तथा अन्य स्त्री रोगसम्बन्धी समस्याहरूको बारेमा जानकारीमुलक भनाइहरु प्रोजेक्टरबाट स्लाइड सहित प्रस्तुत गर्नुभएको थियो।


कार्यक्रमको संयोजकको रूपमा देवघाटधाम जेसीज वर्ष २०२४ की उपाध्यक्ष जेसी रक्षा कार्की रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा देवघाट गाउँपालिका महिला सञ्जालकी अध्यक्ष राधादेवी खनाल रहनुभएको थियो भने विद्यालयका प्रधानाध्यापक केशव काफ्ले, रत्ननगर नगरपालिकाका स्वास्थ्य अधिकृत वासुदेव सापकोटा, रत्ननगर जेसीजका प्रकाश शाह र देवघाटधाम जेसीजका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
देवघाटधाम जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी रघु मल्लले सभापतित्व ग्रहण गर्नुभएको उक्त कार्यक्रममा जेसिज आस्थाको अगुवाई देवघाटधाम जेसिस वर्ष २०२४ का उपाध्यक्ष जेसी शिशिर तिवारीले गर्नुभएको थियो। देवघाटधाम जेसीजका महासचिव जेसी प्रशन्न ढकालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका महिला सञ्जालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राधादेवी खनालले देवघाटधाम जेसीजले वर्ष २०८१ लागे सँगसँगै यो १४ दिनमा तीनवटा कार्यक्रम गरिसकेको र अझै यस्तै सचेतना तथा व्यक्तित्व र नेतृत्व विकास गर्ने कार्यक्रमहरु सञ्चालन गर्नेछ भन्ने अपेक्षासहित धन्यवाद दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय