नेपाल र वेस्ट इन्डिज ए बीचको पहिलो खेल आज

Devghat Online

शेयर गरौ

काठमाडौं, वैशाख १५ ।
वेष्ट इण्डिजको ए र नेपालबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १२ः१५ बजेबाट शुरु हुँदै छ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ए टोलीबीच टी–२० शृंखलाको पहिलो खेल आज हुन लागेको हो ।
वेष्ट इण्डिजको ए र नेपालबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १२ः१५ बजे शुरु हुनेछ। आईसीसी टी–२० विश्वकप २०२४ को तयारीस्वरुप नेपालले वेष्ट इण्डिजको ए टोलीसँग खेल्न लागेको हो।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इण्डिजको ‘ए’ टोलीबीच ५ खेलको टी–२० शृङ्खला हुँदै छ। वेष्ट इण्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो।
नेपाल र वेस्टइण्डिज ‘ए’ बीचको दोस्रो खेल भोलि, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौँ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ।
घरेलु मैदानमा ५ खेल खेलिसकेपछि नेपाली टोली वेष्ट इण्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अनिल शाह, आरिफ शेख, ललित राजवंशी, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा र करण केसी छन्। सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम छन्।
वेष्ट इण्डिज ए टोलीको कप्तानमा रोस्टन चेससहित एलेक एथानाज, फाबिएन एलेन, कदिम एलियन, जोसुआ बिसप, केसी कार्टी, जानसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थमस र हेडन वाल्स छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय