केशवटारका घरबिहिन बौदलका घर निर्माणका लागी आर्थिक सहयोग जुट्दै

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १९

घरबार विहिन व्यास नपा १४ स्थित केशवटारका मनबहादुर थापा बौदलको स्थानीय बासिन्दाको सक्रियतामा घर निर्माण हुने भएको छ ।

फ्नो घर नभएपछि स्थानियको वाख्राको खोरमा लामो समयदेखि जीवन यापन गर्दे आएका बौदल दैनिकी ज्यालादारीवाट जिवन यापन गर्दे आएका छन् । करिव ६ दशक यता व्यास १४ को केशवटारमा जीवन विताएका बौदलको घर नभएर वाख्राको खोरमा परिवार पाल्दै आएकोमा स्थानियको सक्रियतामा सकेको सहयोग उठाएर घर निर्माण गर्न लागिएको व्यास १४ का वडा सदस्य दुर्गावहादुर आलेले बताए ।

श्रीमती र ३ छोरीका साथ अर्काको टहरोमा वस्दै आएको मनवहादुरको छोरीको विवाहपछि ज्वाई लगायतलाई समेत अर्काको घरमा सुताउनुपर्ने वाध्यता भएपछि गाँउले र सम्वन्धित निकायवाट आर्थिक सहयोग जुटाउन थालिएको हो ।

घर निर्माणका लागी व्यास नगरपालिकावाट ६० हजार आर्थिक सहयोग प्राप्त हुने वडासदस्य आलेले वताए । यसैगरि वौदलको घर निर्माणका लागी मधु थापावाट ३० हजार ५ सय २५, दरिमाया थापावाट २१ हजार २५, गोमन सिंहआले वाट २० हजार, हुम आलेवाट ५ हजार आर्थिक सहयोग प्राप्त भएको वडा सदस्य आलेले बताए ।

यसैगरी एसओएसको परिवार पुर्नस्थापना कार्यक्रमवाट वौदलको लागी शौचालय र वाख्राको खोर निर्माण गरिदिने भएको छ । घर नहुदाको दुख देखेर स्थानियको सक्रियतामा घरनिर्माणका लागी पहल गरिदिदाँ आफुलाई साह्रै खुशी लागेको बौदलले बताए । स्थानिय गाँउलेको सक्रियता र श्रमदानवाट घर निर्माण गर्न लागिएको हुदाँ ईच्छुक व्यक्तित्वहरुले घर निर्माणका लागी सक्दो सहयोग गरिदिन वडासदस्य आलेले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती