म्याग्देमा ७० जनाको मोतियाविन्दुको शल्यक्रिया

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १९

म्याग्दे गाँउपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल र नेपाल नेत्रहीन संघको प्राविधिक सहयोगमा म्याग्दे गाँउपालिकामा पुरुष ३२ र महिला ३८ गरि ७० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

गत बैशाख ९ गते देखि १९ गते सम्म प्रत्येक वडा कार्यलयमा आँखाको शिविर सन्चालन गर्दे आएको पालिकाले आँखामा मोतियाविन्दु समस्या देखिएको व्यक्तिहरुको उपचार गरिएको हो ।

आँखा शिविरमा ७१० जना पुरुष र १२७५ जना महिलाको गरि जम्मा गरि १९८५ जनाको आँखा परिक्षण गरिएको थियो । उपचारको क्रममा ८५ जना पुरुष र १०८ जना महिला गरि कुल १९३ जनालाई मोतियाविन्दु देखिएकोे थियो । जसलाई पालिकाले आज मात्र ७० जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको हो ।

त्यस्तै गरि शिविरमा २८ जना पुरुष र २२ जना महिलालाई चस्मा समेत वितरण गरेको छ । भरतपुर आँखा अस्पतालका डा पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

गाउँपालिकाले यसअघि पनि जनलक्षित विभिन्न कार्यक्रम गर्दै आएको र यो आँखाको शिविर पनि त्यसैको प्रारुप भएको गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । जनताको चाहना र आवश्यकताअनुसार पालिकाले शिविर संचालन गरेको वहाँको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो