मजदुर दिवसको अवसरमा देवघाटमा अन्तरक्रिया

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख १९

नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल देवघाट गाउँ कमिटिको आयोजनामा १३५ औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा बुधबार देवघाटमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । सामाजिक सुरक्षा र मर्यादित रोजगार भन्ने नारा सहित आयोजित उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले मजदुरको अधिकारको रक्षा हुनु पर्ने बताए ।

सो कार्यक्रममा बोल्दै देवघाट गाउँ पालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिकामा विगतमा वैदेशिक रोजगार अन्तर्गत सामी कार्यक्रम मार्फत वैदेशिक रोजगारीबाट पिडित श्रमिकहरु लाभान्वित भै सकेको र हाल सामाजिक सुरक्षा योजना अन्तर्गत कार्यक्रम पनि लागू भएको बताए । गाउँपालिका भित्र उद्योग व्यवसाय र निर्माण व्यवसाय अन्तर्गत श्रमिकहरुको आधिकारिक पहिचान नभएको कारण उक्त योजना लागू हुन नसकेको र श्रमिकहरुको सूचिकृत र आधिकारिक पहिचानको पुर्ण तयारीका साथ देवघाट गाउँपालिकामा सम्पर्क गर्नु अध्यक्ष थापाले क्युपेकका पदाधिकारीहरुलाई अनुरोध गरे ।

क्युपेक नेपालका केन्द्रीय उपमहासचिव सोम आलेले क्युपेक विशुद्ध राजनीतिक पार्टीहरुबाट अलग श्रमिकहरुको हक हित र सुरक्षाका लागि निर्माण क्षेत्रसँग सम्बन्धित श्रमिक संगठन रहेको र श्रमिकहरुको हकहित र सामाजिक सुरक्षा योजनाका लागि स्थानीय सरकारसँग श्रमजीवी वर्गको हितमा काम गर्दै आएको बताए ।

क्युपेक नेपाल देवघाट गाउँ तदर्थ कमिटिका संयोजक लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, क्युपेक नेपालका केन्द्रीय सदस्य हरिभक्त श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, उद्योग वाणिज्य संघ देवघाट अध्यक्ष रोशन श्रेष्ठ लगायतले मजदुर दिवसको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको