जिल्ला अधिवेशन सफल पार्न एमालेद्वारा विभिन्न उपसमिति गठन, विहिबार पत्रकार सम्मेलन गरिने

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १९

यही बैशाख २८ र २९ गते दमौलीमा हुने नेकपा एमालेको १० औं जिल्ला अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरु ग्ठटन गरिएको छ । हालै बसेको जिल्ला सचिवालयको बैठकले अधिवेशन सफल पार्न उसमितिहरु ग्ठन गरेको हो ।

एमाले तनहुँका सचिव राजेश्वर ढकालका अनुसार प्रतिनिधि व्यवस्थापन उसमिति र प्रतिवेदन लेखन उपसमितिको संयोजकमा श्रीप्रसाद श्रेष्ठ, आर्थिक संकलन उपसमितिमा हरिराज कडेल, हल मन्च व्यवस्थापन समिति उसमितिको संयोजकमा भुपेन्द्र कोईराला, खाद्य तथा आवासमा इन्द्र थापा, अतिथी सत्कारमा खिम कुमाल, सांस्कृतिकमा रामजी लौडारी, प्रचार प्रसारमा प्रदिप अधिकारी, स्वयं सेवक परिचालनमा बाबुराम अधिकारी र स्वास्थ्य सेवामा शंकर रानाभाट संयोजक चयन भएका छन् ।

अधिवेशनको लागी प्रतिनिधी चयन वैशाख २१ र २२ गते हुने भएको छ । जस अन्तर्गत जनवर्गिय संगठनको प्रतिनिधी चयन बैशाख २१ गते हुनेछ भने स्थाननीय तहको भुगोल तर्फ बैशाख २२ गते हुने भएको छ ।

प्रतिनिधी चयन गर्दा प्रत्येक पालिकाको वडालाई निर्वाचन क्षेत्र (भुगोल) मानेर २० वरावर १ जना प्रतिनिधि चयन गरिनेछ भने ५० प्रतिशत थप हुदाँ थप १ प्रतिनिधी थपिनेछ । एवं रितले सोही वमोजिम सदस्य थप हुदै जादा प्रतिनिधीको व्यवस्था ३ हुदाँ महिला अनिवार्य र ४ भए पुरुष, ५ भए युवा (४० वर्ष मुनिका), ६ हुदाँ महिला, ७ हुदाँ युवा महिला, ८ भए पुरुष ९ हुदाँ महिला, १० भए युवा, ११ हुदाँ पुरुष, १२ हुदाँ महिला, १३ हुदाँ पुरुष, १४ युवा महिला को प्रतिनिधीत्व हुनुपर्ने एमालेले जनाएको छ ।

त्यस्तै अधिवेशनमा जनवर्गिय संगठनहरु अनेरास्वीयु, युवासंघ, अनेमसंघ, जिफन्ट, किसान महासंघ, मुक्तिसमाज, आदिवासी जनजाति, उद्योग व्यवसाय, पेशागत,खेलकुद महासंघबाट २ जनाको दरले र प्रेस चौतारी, जनसास्कृति महासंघ, वृद्धिजीवि परिषद, स्वास्थ्यकर्मी महासंघ, भुमि अधिकार श्रमिक संघ, भुपु सैनिक प्रहरी संगठन, पेशागत कानुन व्यवसायी संघ, अपाङ्गता संगठन, प्रगतीशिल ईन्जिनियरिङ्ग, मानवअधिकार एलाएन्स, ईत्तेहाद मुश्लिम संगठन, रिटर्नी फडेरेशनबाट १ जनाको दरले प्रतिनिधि चयन हुनेछन् ।

अधिवेशनका लागी आयोजकको रुपमा रहेका जिल्ला कमिटिका १२४ जना, सल्लाहकार १५ जना, मोर्चा संगठनवाट ३२ जना, दलित तर्फबाट ४४ जना, पालिकावाट १५ र भुगोलवाट ३३० गरि कुल ५६० प्रतिनिधी रहने एमालेले जनाएको छ ।

यसैविच एमाले तनहुँले अधिवेशनको बारेमा जानकारी दिन र अधिवेशनको लोगो सार्वजानिक गर्ने उद्देश्यले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको छ । प्रचार विभागको आयोजना तथा प्रेस चौतारीको संयोजनमा उक्त पत्रकार सम्मेलन हुने जनाईएको छ ।

एमाले तनहुँको १० औं जिल्ला अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । अधिवेशनको उद्घाटन दमौली खुल्ला चौरमा हुने र बन्दसत्र व्यास नपा–३ देउरालीनगर स्थित गुम्बा भवनमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती