आज गणतन्त्र दिवस, तनहुँमा विविध कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, जेठ १५
आज १७ औं गणतन्त्र दिवस । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १६ वर्ष पूरा भइ १७ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् ।

जनआन्दोलन २०६२।०६३ को जगमा भएको संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । गणतन्त्र घोषणा भएको दिनलाई सरकारले राष्ट्रिय पर्वको रुमा मनाउने छ । यो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित कुटनीतिक नियोगको कार्यालयमा सार्वजानिक बिदा दिईएको छ ।

गणतन्त्र दिवसको अवसरमा तनहुँमा विविध कार्यक्रम गरि भब्य रुपमा मनाइने भएको छ । सोमबार देखी नै विभिन्न कार्यक्रम गरि यो दिवस मनाउन थालिएको छ। गणतन्त्र दिवसको अवसरमा जेठ १४, १५ र १६ गते साँझ दिपावली गरिनेछ । यसै अवसरमा सोमबार बिहान दमौली बजार र ब्यास गुफा क्षेत्र सरसफाई तथा रक्तदान कार्यक्रम आयोजना गरियो । त्यसैगरि ‘गणतन्त्र सुदृढीकरणका लागि युवाको भुमिका’ शीर्षकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरियो । सो प्रतियोगितामा सत्यवती मावि व्यास नपा–२ की छात्रा साक्षी वाग्ले प्रथम भईन् ।

यसैगरि गणतन्त्र दिवसको दिन आज जेठ १५ गतेका दिन बिहान अनशन चौतारीमा भेला भई प्रभातफेरी गर्ने, झण्डोत्तलन कार्यक्रम, समन्वय हलमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने र नागरिकका लागि निशुल्क स्वस्थ्य जाँच गरिने भएको छ । त्यसैगरी जेठ १६ गते बिहान आदिकवि भानुभक्त क्याम्पसमा वृक्षारोपण, दमौली अस्पतालका बिरामी र कारागारमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गर्ने र दिउँसो महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच मैत्रीपूर्ण फूटबल प्रतियोगिताको आयोजना गरिएको छ ।

जिल्लामा रहेका अन्य स्थानीय तहले पनि विविध कार्यक्रम गरि गणतन्त्र दिवस मनाउने भएका छन् । देवघाटमा देवघाटधाम जेसिज, नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखा, सामुदायिक सिकाई केन्द्र र लियो क्लव अफ देवघाट चौतारीको संयुक्त आयोजना रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण