बजेटमा तनहुँः चुँदी रम्घामा भानु साहित्य उद्यान स्थापना गरिने

Devghat Online

शेयर गरौ

दमौली, जेठ १५

सरकारले तनहुँको भानु नगरपालिकाको चुँदी रम्घामा भानु साहित्य उद्यान स्थापना गर्ने जनाएको छ । मंगलबार सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षामान पुनले संस्कृति संरक्षण र सम्बद्र्धन कार्यक्रम अन्तर्गत तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मुर्धन्य श्रष्टाको प्रतिमा र सप्तधाम सहितको भानु साहित्य उद्यान स्थापना गर्ने घोषणा गरेका हुन् ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नपा–४ को चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणको लागि स्थानीय तहले कार्य सुरु गरेको र जग्गा प्राप्तीको प्रक्रिया समेत सुरु भईसकेको अवस्थामा संघीय सरकारले नै आगामी आर्थिक वर्षमा उक्त भानु साहित्य उद्यान निर्माणको घोषणा गरेको हो । सरकारको यो घोषणा पछि अव चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने निश्चित भएको छ ।

यसैगरि स्वास्थ्य तर्फ सरकारले आगामी आर्थिक वर्षमा शुक्लागन्डकी नगरपालिकाको बेलचौतारमा रहेको जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको पुर्वाधार विकास तथा उपकरणका लागि आवश्यक बजेटको विनियोजन गर्ने भएको छ ।

त्यस्तै प्रशारण लाईन तर्फ हेटौंडा–रातमाटे–लप्सिफेदी–दमौली–न्यु बुटवल ४ सय केभी प्रशारण लाईन निर्माण कार्य शुरु गर्ने तथा सडक पुर्वाधार तर्फ भरतपुर, बुटवल र पोखरा जोड्ने त्रिभुज परियोजना अन्तर्गत मुग्लिन–पोखरा सडक खन्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्रको रुपमा विकास गरिने उल्लेख गरिएको छ ।

त्यस्तै गरि पृथ्वी राजमार्गको आबुँखैरेनी–पोखरा खन्डमा आगामी आर्थिक वर्षमा कालोपत्रे सम्पन्न गरिने छ भने मुग्लिन–आबुँखैरेनी सडक विस्तारको निर्माण कार्य पनि आगामी आर्थिक वर्षबाट सुरु गरिने भएको । उक्त सडक विस्तारको लागि ९ अर्व ५७ करोड विनियोजन पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता