बजेटमा चितवनः सिग्नेचर पुल, जलमार्ग, आर्थिक त्रिभुज परियोजना, सडक विस्तार र खेल मैदन निर्माण गरिने

Devghat Online

शेयर गरौ

भरतपुर, जेठ १५

सरकारले आगामी आर्थिक वर्षमा चितवनमा महत्वपुर्ण परियोजनाहरु सन्चालन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा चितवन जिल्लामा महत्वपुर्ण परियोजना समावेश गरिएको छ ।

आगामी आर्थिक वर्षमा चितवनको नारयणी नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ । उक्त पुलको लागि बजेट समेत विनियोजन गरिएको छ । नारयणगढ र गैंडाकोट जोड्ने उक्त पुलको प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन अघि शिलान्यास समेत गरिसकेका छन् ।

यसैगरि नारयणी नदीमा जलमार्ग निर्माण कार्य सुरु गर्ने बजेटमा उल्लेख गरिएको छ । यस अघि नारयणी नदीमा पानी जाहाज सन्चालका निम्ति आवश्यक तयारी गर्ने उल्लेख गरिएको थियो । बजेट भाषणको क्रममा अर्थमन्त्री पुनले नारयणी नदीमा सन्चालित जलयानमा यात्रु चढ्न र ओर्लिन सुरक्षित टर्मिनल निर्माण गरिने उल्लेख गरे ।

यसैगरि सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गन्डकी आर्थिक त्रिभुज परियोजना सन्चालन गर्ने भएको छ । एकिकृत विकासको अवधारणा अनुसार नमुना अभियान सन्चालन गर्न भरतपुर–बुटवल–पोखरा–भरतपुरलाई तिनवटा कोणमा राखी गन्डकी आर्थिक त्रिभुज परियोजना सन्चालन गरिने घोषणा गरेको छ ।

यस परियोजना अन्तर्गत नीजि क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरि औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गन्डकी त्रिभुजमा पर्ने निर्माणाधिन नारयणगढ–बुटवल र मुग्लिन–पोखरा सडक खन्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने जनाईएको छ । त्रिभुजका तिनवटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातयात सन्जाल विकास गरिनेछ ।

त्रिभुज परियोजना अन्तर्गत नारयणगढ–बुटवल खन्डलाई निर्माण सामाग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खन्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र बनाईने घोषणा गरिएको छ । उक्त परियोजना कार्यान्वयनको लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टिकृत स्वास्थ्य सेवा सन्चालन गरिनेछ ।

यसैगरि नारयणगढ–पथलैया सडक विस्तारको काम पनि आगामी आर्थिक वर्षदेखी सुरु गर्ने सरकारले घोषणा गरेको छ । उक्त सडक विस्तारको लागि बजेट विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।

यसैगरि सरकारले चितवनमा मेडिकल कजेल स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसैगरि भरतपुर अस्पतालको स्तरोन्नती र क्यान्सर अस्पतालको क्षमता बिस्तारका लागि पनि बजेट बिनियोजन गरेको अर्थमन्त्री पुनले जानकारी दिए । यसैगरि भरतपुर अस्पतालमा एमबिबिएस अध्ययन अघि बढाउने बजेट बक्तव्य मार्फत घोषणा गरिएको छ ।

यस्तै भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन गरी बजेटमा समावेश गरेको छ । अर्थमन्त्री पुनका अनुसार निर्माणाधिन उक्त गौतमवुद्ध रंगशाला संघ प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अघि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू