घिरिङमा जेठ २२ देखि २५ सम्म बालबालिकालाई आइभिपी खोप लगाईने

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, जेठ १६

घिरिङ गाउँपालिकामा आगामी जेठ २२ गते देखि २५ गते सम्म बालबालिका लाई पोलियो विरुद्ध आइपिभी खोप लगाइने भएको छ ।

उँपालिकाले एक सुचना जारी गर्दै २०७३ बैशाख महिना देखि २०७५ असोज महिना सम्म जन्मिएका बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाउन तोकिएका बीस वटा खोप केन्द्रहरू मध्य पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ ।

गाउँपालिका भित्र बसोबास गर्ने कुनै पनि बालबालिका नछुटोस् भन्ने उदेश्यले सबै लाई पायक पर्ने गरि प्रत्येक वडामा चार खोप केन्द्र तोकिएको गाउँपालिकाले जनाएको छ । घिरिङमा ५ सय २० जना बालबालिकाले खोप लगाउने जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए ।

साथै राष्ट्रिय खोप कार्यक्रम आइपिभी खोप अभियान सम्बन्धी गाउँपालिका स्तरिय खोप समन्वय समितीको आयोजनामा यहि जेठ १८ गते स्वयंसेविका, स्वास्थ्यकर्मी, सन्चारकर्मी तथा बुद्धिजीवी सरोकारवालाहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिने रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू