घिरिङ सुन्धारामा भिडियो एक्सरे सेवा सहित बृहत् निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

घिरिङ, जेठ १५

घिरिङ गाउँपालिका–३ स्थित सुन्धारा स्वास्थ्य चौकिमा भिडियो एक्सरे सहितको बृहत् निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको छ । युनाइटेड क्लब पोखराको आयोजना तथा घिरिङ गाउँपालिकाको समन्वयमा जेष्ठ १९ गते शनिबारका दिन सो शिविर सन्चालन गरिने भएको हो ।

सो शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. रानीपौवा तथा नरहरी पोलिक्लिनिक रामबजारबाट प्राविधिक सहयोग उपलब्ध हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, जनरल फिजिसियन, नाक कान घाँटी, सर्जीकल, ब्लड सुगर परिक्षण, बालरोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु बाट परिक्षण गरिने भएको छ । पेट छाती मुटु रोग, दन्त रोग, भिडियो एक्सरे सेवा सहितको शिविर रहेको हुँदा घिरिङका जनसमुदायलाई शिविरमा आएर सेवा लिन गाउँपालिकाले अपिल गरेको छ । उक्त स्वास्थ्य परिक्षण शिविर बिहान ८ बजे बाट सेवा सुरु हुने रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू