राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासनमा भिड, सात बजे नै आइपुग्छन् जेष्ठ नागरिक

Devghat Online

शेयर गरौ

दमौली, जेठ १६

सरकारले आगामी आर्थिक वर्षदेखी सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचयत्र अनिवार्य गरेको छ । सरकारको उक्त निर्णयपछि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आएका जेष्ठ नागरिकहरुको भिड लागेको छ ।

जिल्ला प्रशासन कार्यालयमा हाल दुई वटा विवरण दर्ता स्टेशन मार्फत परिचय पत्रको फारम भरिँदै आएको छ । उक्त दुई वटा दर्ता स्टेशनको दैनिक क्षमता करिब सय जना रहेकोमा केही दिन यता राष्ट्रिय परिचयपत्रको लागि दैनिक चार सय जनासम्मको भिड लाग्ने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

परिचय पत्र बनाउन जेष्ठ नागरिहरु विहान ७ बजे नै जिल्ला प्रशासनमा लाइन लाग्न आईपुग्ने प्रजिअ गौतमले बताए । सेवाग्राहीको अत्याधिक भिड बढेपछि कर्मचारीलाई अतिरिक्त भत्ता दिने गरि विहान ७ देखी साँझ ७ बजेसम्म काममा लगाईएको प्रजिअ गौतमले बताए । ‘त्यती हुँदा पनि भिड थामिनसक्नु भएको छ’ प्रजिअ गौतमले भने ‘भिड बढेपछि राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका महानिर्देशक ज्युसँग उपकरण सहितको थप तिनवटा दर्ता स्टेशन थप गर्न अनुरोध गरेको छु ।’ विभागका महानिर्देशकले एक साता भित्र कम्तीमा २ वटा स्टेशन थप गर्ने आश्वास दिनुभएको प्रजिअ गौतमले बताए ।

उपकरण सहित तिनवटा दर्ता स्टेशन प्राप्त भएमा कर्मचारीको व्यवस्थापन गरि स्थानीय तहका वडाहरुमा नै राष्ट्रिय परिचय पत्रको फारम भर्ने व्यवस्था मिलाउन सकिने प्रजिअ गौतमको भनाई छ । ‘८०÷९० वर्षका वुवा आमाहरु पनि दिनभरी लाइनमा बस्न बाध्य हुनुभएको छ’ प्रजिअ गौतमले भने ‘तिनवटा स्टेशन थप भएमा सम्बन्धित वडामा नै गएर फारम भर्ने व्यवस्था मिलाउन सकिन्थ्यो ।’ त्यसो भएमा लामो यात्रा गरेर जिल्ला प्रशासन कार्यालयसम्म आउनु पर्ने बाध्यता हट््ने उनको भनाई छ ।

परिचयपत्र बनाउन सेवाग्राहीको भिड बढेपछि जेठ महिना लागेपछि परिचयपत्र वितरण कार्य पनि रोकिएको छ । त्यहाँ रहेका कर्मचारीले फारम भर्न नै नभ्याउने भएको कारण हाललाई परिचयपत्र वितरण कार्य रोकिएको प्रजिअ गौतमले बताए । अव दर्ता स्टेशन थप भएमा वडा कार्यालयमा नै फारम भर्ने र हालसम्म प्राप्त भएको परिचयपत्र पनि वितरण गर्न सकिने उनले बताए ।

स्थानीय तहहरुले पनि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य भएको हुँद राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेका छन् । घिरिङ गाउँपालिकाले आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने नयाँ लाभग्राही तथा भत्ताको नविकरण गर्ने लाभग्राहीहरुले राष्ट्रिय परिचय पत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेका लाभग्राहीहरुले राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले सामाजिक सुरक्षा भत्ता पाउने सबै लाभग्राहीले अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्रको फारम भरि परिचयपत्रको नम्बर लिन अनुरोध गरेका छन् । अन्यथा साउन महिनाबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि