दमौली, जेठ १७
विहिबार साँझपख आएको ठुलो हावा हुरीले व्यास नपाको विभिन्न वडामा दर्जनौं घरको छाना उडाएको छ । हावाहुरीको कारण व्यास नपामा मात्रै लाखौंको क्षती भएको अनुमान गरिएको छ ।
व्यास नपाको वडा नम्बर ७, ९ १०, १२, १३ र १४ का विभिन्न ठाउँमा दर्जनौं घरमा क्षती पुगको र ति घर र गोठको छाना उडाएको पीडितहरुले बताएका छन् । क्षतीको पुर्ण विवरण भने आई नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।