सहकारीका ऋणीहरुलाई ऋण चुक्ता गर्न देवघाट गाउँपालिकाको अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १७

देवघाट गाउँपालिकाले सहकारी संस्थाका ऋणीहरुलाई ऋण चुक्ता गर्न अनुरोध गरेको छ । गाउँपालिकाले विहिबार सुचना प्रकाशित गरि सहकारी संस्थाहरुबाट लिएको ऋण समयमै चुक्ता गर्न अनुरोध गरेको हो ।

सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र ऋणको साँवा, व्याज चुक्ता गर्न संस्थाबाट पटक पटक आग्रह÷ताकेता गर्दा समेत अटेर गरी आँफूले लिएको ऋणको साँवा व्याज रकम चुक्ता नगरेका कारण केहि सहकारी संस्थामा समस्या देखा परेको पाईएको सुचनामा जनाईएको छ ।

संस्थामा बचत गर्ने सदस्यहरुको रकम नै सदस्यलाई कर्जा प्रवाह हुने हुँदा ऋणी सदस्यले आँफूले लिएको ऋण समयमा नै चुक्ता नगर्दा बचत फिर्तामा समस्या पैदा भएको भन्दै सो सम्बन्धमा सहकारी संघ÷संस्थाबाट सहजीकरण गरिदिनुहुन भनी लेखी आएको, समाजमा सहकारीको ऋण तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता गैरजिम्मेवार कुराहरु समेत सुनिन आएको हुँदा ऋणी सदस्यले आफुले लिएको ऋण समयमा नै चुक्ता नगरेमा कालान्तरमा त्यो आफ्नै लागि प्रत्युत्पादन हुने सुचनामा जनाईएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यद्वारा प्रकाशित सुचनामा संघ, प्रदेश, स्थानीय तहमा सहकारी ऐन बमोजिम समेत ऋणी सदस्यको खाता, जायजेथा हस्तान्तरण नामसारी वा बिक्री समेत गर्न नपाउने गरी सम्बन्धित निकायमा रोक्का राख्न समेत लेखी पठाउन सकिने हुँदा जे जुन सम्झौता वा शर्त कबुलियत अनुसार सहकारी संस्थाबाट ऋण लिएको हो सोही बमोजिम समयमा नै आँफूले लिएको ऋणको साँवा, व्याज रकम सम्बन्धित सहकारी संस्थामा दाखिला गरी सहकारीमा देखिएको समस्यालाई यथासक्य चाँडो समाधान गर्न सहयोग गरिदिनुहुन ऋणी सदस्यमा सुचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू