हावाहुरी र वर्षाको भलिवलको फाईनल खेल प्रभावित

Devghat Online

शेयर गरौ

दमौली, जेठ १९

तनहुँ जिल्ला भलिवल संघको आयोजनामा दमौलीमा भईरहेको अन्तरपालिकास्तरीय पुरुष भलिवल प्रतियोगिताको शनिबार आयोजित फाईनल खेल हावाहुरी र वर्षाको कारण स्थगित भएको छ । शुक्लागन्डकी नगरपालिका र घिरिङ गाउँपालिका विच फाईनल खेल भईरहँदा एक्कासी हावा हुरी र वर्षाले बिथोलिएको थियो ।

निकै प्रतिश्पर्धात्मक खेलमा दबुै टिमले एक–एक सेट जितेका थिए भने तेश्रो सेटको खेल भइरहेको थियो । हजारौं दर्शकको विचमा खेल भईरहँदा एक्कासी हावाहुरी चल्न थालेपछि दर्शकहरुको भागडौड मच्चिएको थियो । शनिबार स्थगित फाईनल खेल आइतबार विहान ७ बजे खेलाईने जिल्ला भलिवल संघका अध्यक्ष पदम सुनारले बताए । यस अघि शनिबार विहान तेश्रो स्थानको लागि भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका विच भएको खेलमा भिमाद नगरपालिका बिजयी भएको थियो ।

उक्त प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्य डा.स्वर्णिम वाग्लेले तनहुँ जिल्लामा खेल पुर्वाधार निर्माण गर्न सरोकारवालाहरुसँग समन्वय गर्ने बताए । संघका अध्यक्ष पदम सुनारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष अनिल पाण्डे, जिल्ला खेलकुँद विकास समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुषाल लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन संघका सचिव अशोक गिरीले गरेका थिए ।

गत जेठ १७ गतेबाट सन्चालित उक्त प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजयीले १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ५१ हजार नगद पुरस्कार र सिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु