बन्दिपुर, जेठ १९
तनहुँको बन्दीपुर गाउँपालिकाले बिहिबार हावाहुरीसँगै आएको पानीले पु¥याएको क्षति अनुगमन गरी त्यसको विवरणहरू समेत संकलन गर्न सुरु गरेको छ ।
शुक्रबार बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङ प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य वडाध्यक्ष लगायतका जनप्रतिनिधि सहितको टिम गाउँपालिकाको विभिन्न वडाहरूमा पुगेका छन् ।
गाउँपालिकाको वडा नं १ २ ३ र ५ अनुगमन सहित विवरणहरू संकलन गरी तत्काल राहत दिनुपर्ने ठाउँमा आवश्यक विभिन्न सामग्रीहरू पनि प्रदान गर्न थालेको छ । बाँकी रहेको स्थानहरूमा शनिबार अनुगमन गरी पालिकाको तर्फबाट उचित सम्बोधन गरिने पनि गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताएका छन् ।
हावाहुरीले बन्दीपुर सहित विभिन्न स्थानका दर्जनौं घरहरूको छाना विभिन्न टहरा, गोठ, सामुदायिक विद्यालय भवनहरू मन्दिरमा क्षति पुर्याएको छ ।
साथै उनले हावाहुरी सहित वर्षा हुनेक्रम जारी रहेको हुँदा गाउँपालिकाका सम्पूर्ण नागरिकहरूलाई उचित ठाउँमा रही रहनसमेत आग्रह गरेका छन् ।