पत्रकार महासंघको चुनावका लागि सबै वामपन्थी एक ठाउँ उभिए

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ १९

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनको लागि सबै वामपन्थी संगठनहरु एकै ठाउँमा उभिएका छन् । ६ वटा वामपन्थी संगठनले शनिबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरि ले २७ औं केन्द्रीय महाधिवेशनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउनुपर्नेमा हालसम्म पनि आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति आपत्ति जनाएका छन् ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, समाजबादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी, प्रगतीशिल पत्रकार संघका अध्यक्ष श्यामलाल पोख्रेल, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष कमल बुढाले शनिबार संयुक्त प्रेस वक्तव्य जारी गरेर पत्रकार महासंघको ध्यानकर्षण गराएका हुन् ।

जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने घोषणा गरिएपनि अहिलेसम्म सदस्यता विवाद टुंगिएको छैन । संयुक्त वक्तव्यमा भनिएको छ, ‘सदस्यहरूको अद्यावधिक नामावलीको सूची नबुझाइएकै कारण हालसम्म पनि निर्वाचन कार्यतालिका प्रकाशित हुन सकेको छैन । हामी देहायका संगठनहरू नेपाल पत्रकार महासंघको निर्वाचनलाई तोकिएको मितिमा निर्वाध रूपमा सम्पन्न गर्न केन्द्रीय नेतृत्वबाटै अवरोध भइरहेकोमा ख्रेद व्यक्त गछौं ।’

तोकिएकै समयमा निर्वाचनको वातावरण बनाउन माग गर्दै नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको