अन्तरपालिका भलिवल प्रतियोगितामा शुक्लागन्डकी विजयी

Devghat Online

शेयर गरौ

दमौली, जेठ २०

तनहुँ जिल्ला भलिवल संघको आयोजनामा दमौलीमा भएको अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा शुक्लागन्डकी नगरपालिका विजयी भएको छ । आइतबार विहान भएको फाइनल खेलमा शुक्लागन्डकीले घिरिङ गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको थियो ।

उपाधीसँगै शुक्लागन्डकीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपबिजेता भएको घिरिङले नगद ५१ हजार १ सय ११ प्राप्त गरेको छ । शनिबार आयोजित फाईनल खेल हावाहुरी र वर्षाको कारण स्थगित भएको थियो ।

यस अघि शनिबार विहान तेश्रो स्थानको लागि भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका विच भएको खेलमा भिमाद नगरपालिका बिजयी भएको थियो ।

गत जेठ १७ गतेबाट सन्चालित उक्त प्रतियोगितामा जिल्लाका आबुँखैरेनी बाहेकका सबै स्थानीय तहको सहभागिता रहेको थियो । तनहुँ जिल्ला भलिवल संघका अध्यक्ष पदम सुनारको अध्यक्षतामा सो प्रतियोगिता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग