अन्तरपालिका भलिवल प्रतियोगितामा शुक्लागन्डकी विजयी

Devghat Online

शेयर गरौ

दमौली, जेठ २०

तनहुँ जिल्ला भलिवल संघको आयोजनामा दमौलीमा भएको अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा शुक्लागन्डकी नगरपालिका विजयी भएको छ । आइतबार विहान भएको फाइनल खेलमा शुक्लागन्डकीले घिरिङ गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको थियो ।

उपाधीसँगै शुक्लागन्डकीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपबिजेता भएको घिरिङले नगद ५१ हजार १ सय ११ प्राप्त गरेको छ । शनिबार आयोजित फाईनल खेल हावाहुरी र वर्षाको कारण स्थगित भएको थियो ।

यस अघि शनिबार विहान तेश्रो स्थानको लागि भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका विच भएको खेलमा भिमाद नगरपालिका बिजयी भएको थियो ।

गत जेठ १७ गतेबाट सन्चालित उक्त प्रतियोगितामा जिल्लाका आबुँखैरेनी बाहेकका सबै स्थानीय तहको सहभागिता रहेको थियो । तनहुँ जिल्ला भलिवल संघका अध्यक्ष पदम सुनारको अध्यक्षतामा सो प्रतियोगिता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले