जनयुद्धकालिन मुद्धाको कारण रोक्का भएको जग्गा २८ बर्षपछि फुकुवा

Devghat Online

शेयर गरौ

दमौली, जेठ २०

शुक्लागन्डकी नपा–६ का ६३ बर्षिय जसबहादुुर सार्कीले जनयुद्धकालिन मुद्धाको क्रममा रोक्का भएको विभिन्न कित्ता नम्बरको करिब १२ रोपनी जग्गा २८ वर्षपछि फुकुवा पाएका छन् । २०५३ सालको नकवजनी चोरी मुद्धामा उनका छोरा बिरबहादुर सार्की २०५४ सालमा जिल्ला अदालतबाट दोषी ठहर भई जरिवाना वापत राख्नुपर्ने रकमको सट्टामा धरौटी राखिएको उक्त जग्गा कैद तथा जरिवाना भुक्तान गरेपनि हालसम्म फुकुवा भएको थिएन । तनहुँ जिल्ला आदतलको २०८० माघ १३ गतेको फैसला अनुसार जसबहादुरले जेठ १७ गते जिल्ला मालपोत कार्यालय तनहुँबाट फुकुवा पत्र पाएका हुन् ।

२०५३ सालमा साविक छाङ गाविस हालको म्याग्दे गाउँपालिका–४ थर्पु स्थित मिन माविबाट माओवादी कार्यकर्ताहरुले टाइपराइटर लुटेर लगेपछि विद्यालयले जसबहादुरका छोरा बिरबहादुर नेपाली लगायत विरुद्ध जिल्ला अदालतमा चोरी मुद्धा दर्ता गरेको थियो । सोही मुद्धामा जिल्ला अदालतबाट २०५३ असार २४ गते बिरबहादुर लगायत अन्य प्रतिबादीलाई ६१ हजार १ सय २५ रुपैयाँ धरौटी लिई तारेखमा राख्ने आदेश भएको थियो । तर धरौटी वापत राख्नुपर्ने उक्त रकम बिरबहादुर नेपालीसँग नभएपछि उक्त १२ रोपनी जग्गा जेथा जमानतमा राखेका थिए । उक्त जग्गा जसबहादुरका वुवा जबरे सार्कीको नाममा रहेको थियो । जबरे सार्कीको यस अघि नै निधन भईसकेको थियो ।

तारेखकै क्रममा बिरबहादुर भारत गएको तथा अदालतमा तारेख लिन नआएपछि जिल्ला अदालतले उनलाई उक्त मुद्धामा २०५४ साउन १६ गते दोषी ठहर गरेको थियो । सो क्रममा अदालतले धरौटी वापत राखेको उक्त जग्गा जफत गरि असुर उपर गर्नु भन्ने फैसला गरेको थियो । यस विचमा बिरबहादुरको पनि निधन भईसकेको छ ।

बिरबहादुरले जमानत राखेको जग्गा जमानत दिने जग्गाधनीका हकवाला काली सार्कीले २०७८ माघ २६ गते उक्त धरौटी वापतको रकम ६१ हजार १ सय २५ रुपैयाँ अदालतमा जम्मा गरेपनि उक्त जग्गा फुकुवा भएको थिएन । पछि पनुः उनले उक्त जग्गा फुकुवा गरिपाउँ भनी २०८० पौष २३ गते अदालतमा निबेदन दिएपछि जिल्ला अदालतको आदेशमा २०८० माघ १३ मा जग्गा फुकुवाको फैसाला भएको जसबहादुरले बताए ।

आफ्नो सर्वश्व रहेको १२ रोपनी जग्गा जनयुद्धको झुठा मुद्धामा अदालतको फैसलाबाट रोक्का हुँदा आफुलाई यसविचमा निकै अप्ठ्यारो भएको भन्दै जसबहादुरले अहिले २८ वर्ष पछि बल्ल न्याय पाएको बताए । जसबहादुरलाई कानुनी प्रक्रियामा सहयोग गर्नु भएकी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोईरालाले जनयुद्धको क्रममा एक निर्दाेष व्यक्तिलाई राज्यले झुठा मुद्धामा फँसाएर उनको घर जग्गा नै जफत गरेको अवस्थामा अहिले २८ बर्ष पछि आएर बल्ल उनले न्याय पाउनु भएको बताइन् । लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म