नेकपा एमाले घिरिङको अध्यक्षमा सुमनकुमार श्रेष्ठ

Devghat Online

शेयर गरौ

घिरिङ, जेठ २०

नेकपा एमाले घिरिङ गाउँ कमिटिको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको गाउँ कमिटिको दोश्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा गाउँ कमिटि निर्वाचित भएको हो । अन्य पदहरुमा भने एक भन्दा धेरै उम्मेदबार भएको कारण सर्वसम्मत हुन सकेको छैन । सर्वसम्मत हुन नसकेको पदहरुमा आगामी जेठ २३ गते पुनः छलफल गर्ने गरि हाललाई स्थगित भएको छ । अधिवेशनबाट ६५ सदस्यिय गाउँ कमिटि निर्वाचित हुनेछ ।

कार्यवहाक अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो अधिवेशनको नेकपा एमालेका तनहुँका अध्यक्ष हरिराज कडेंलले उद्घाटन गरेका थिए । सो कार्यक्रममा जिल्ला अध्यक्ष कडेंल, गन्डकी प्रदेश कमिटिका सदस्य एवं घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारी, प्रदेश कमिटिका पुर्व सदस्यद्वय विष्णुभक्त सिग्देल र श्रीराम कार्की, जिल्ला कमिटिका सदस्यहरु इन्द्र थापा, रनबहादुर राना, दिपक खाती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा एमालेको स्थानीय पालिकाहरुको अधिवेशन विहिबारबाट सुरु भएको छ । यस अघि गत विहिबार आबुखैरेनी गाउँ कमिटिको अधिवेशन सम्पन्न भईसकेको छ ।

आज जेठ २० गते ऋषिङ, जेठ २२ गते बन्दिपुर, जेठ २३ र २४ गते शुक्लागन्डकी, जेठ २५ र २६ गते व्यास नगर, जेठ २७ र २८ गते भिमाद, जेठ २९ गते देवघाट, जेठ ३० र ३१ गते भानु र जेठ ३२ गते म्याग्दे गाउँ कमिटिको अधिवेशन हुने एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको