सोमबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस, तनहुँका अधिकांश स्थानीय तहमा सार्वजानिक बिदा

Devghat Online

शेयर गरौ

दमौली, जेठ २०

सोमबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । नेपाल सरकारले वि.सं २०६३ साल जेठ २१ गते सबै किसिमका विभेद र जातिय छुवाछुत उन्मुलन राष्ट्र घोषणा गरेको स्मरणमा आज देशैभर भेदभाव तथा छुवाछुत विरुद्ध विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

यस अवसरमा आज तनहुँको दमौलीमा संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँको आयोजनामा उत्सवको रुपमा यो दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दमौलीको अनसनचोकबाट ¥याली सहित व्यास नपा ३ को तमु आमा समुहको भवनमा पुगी विभिन्न कार्यक्रम गरि यो दिवस मनाइने भएको छ ।

उक्त दिवसको अवसरमा आज तनहुँका अधिकांश स्थानीय तहले सार्वजानिक बिदा दिएका छन् । जिल्लाको व्यास नपा, शुक्लागन्डकी नपा, भानु नपा, आबुँखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाले अत्यावश्यक स्वास्थ्य सेवा बाहेक स्थानीय तह अन्तर्गतका कार्यालय, सम्पुर्ण वडा कार्यालय, विद्यालय तथा संघ संस्थामा सार्वजानिक बिदा दिएका छन् ।

स्थानीय तहले उक्त दिन जातिय विभेद तथा छुवाछुत उन्मुलन सम्बन्धी सचेतना कार्यक्रम सन्चालन गर्न पनि अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको