सेती नदीको सम्भावित बाढीबाट हुने क्षती न्युनिकरण गर्न एकिकृत घटना नमुना अभ्यास

Devghat Online

शेयर गरौ

दमौली, जेठ २१

तनहुँ जलविद्युत आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजना अन्तर्गत सेती नदीमा निर्माण गरिएको अस्थायी बाँध (कफर ड्याम) र निर्माण हुने मुख्य बाँधका कारण भविश्यमा आउन सक्ने सम्भावित बाढीजन्य विपद् र त्यसले तल्लो तटीय क्षेत्रमा पर्न सक्ने क्षतिको न्यूनीकरण गर्न तथा उद्दारका लागि नदीजन्य जोखिम न्यूनिकरण एवम् विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम एकीकृत घटना अभ्यास कार्यक्रम सोमबार व्यास नपा–३ र ऋषिङ गाउँपालिका–१ को सेती नदी किनारमा सम्पन्न भएको छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तहहरु, सरोकारवाला निकाय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय तथा सहकार्यमा गरिएको उक्त कृत्रिम घटना अभ्यास प्रदर्शनीमा बाढी तथा आगलागीमा खोजतलास, उपचार र राहत वितरणमा आधारित रहेको थियो । बाँध निर्माणस्थलदेखि तल्लो तटीय क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुको सुरक्षाको सुनिश्चितता, सचेतना तथा सुरक्षाको प्रत्याभूति प्रदान गर्न अभ्यास गरिएको हो ।

सेती नदीमा आउन सक्ने सम्भावित बाढी र पानीको सहतमा हुन सक्ने उतारचढावका विषयमा बाँध निर्माणस्थल भन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन विभिन्न १५ ठाउँमा साइरन जडान गरिएको तनहुँ जलविद्युत आयोजनाका आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । बाँधको भौतिक स्थायीत्व र सुरक्षा तथा भूकम्पीय गतिविधीबाट बाँधमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न आयोजनाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार विदेशी परामर्शदाताको सङ्लग्नतामा १४० मिटर अग्लो मुख्य बाँध डिजाइन गरेको छ ।

साथै, बाँधको डिजाइन तथा निर्माण कार्यको अन्तर्राष्ट्रिय विज्ञ समूहबाट आवाधिक रूपमा निरीक्षण हुने गरेको छ । बाँधको डिजाइन १० हजार वर्षमा १ पटक आउन सक्ने सबैभभन्दा ठूलो भूकम्प र बाढीलाई आधारमानी गरिएको छ । सेती नदीमा २० वर्षमा एक पटक आउनसक्ने सम्भावित बाढीलाई ध्यान दिएर हाल ३५ मि. अग्लो अस्थायी बाँध मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीइ क्षेत्रमा निर्माण गरिएको भण्डारीले बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रियविज्ञहरुको परामर्शमा निर्माण गरिएको अस्थायी बाँध र अब निर्माण हुने मुख्य बाँध फुट्ने सम्भावना ज्यादै न्यून रहेको छ । बाँध प्राविधिक रुपमा सुरक्षित रहेको छ । तर पनि सेती नदीमा आउनसक्ने सम्भावित बाढी र त्यसले बाँध निर्माण स्थल भन्दा तल्लो तटिय क्षेत्रका बासिन्दालाई पर्न सक्ने असरलाई न्युनिकरण गर्नकोलागि गर्नु पर्ने प्रतिकार्य अनुसार विपद् नमुना अभ्यास गरिएको जलविद्युत आयोजना प्रमुख भण्डारीले बताए ।

उक्त कार्यक्रममा नदीमा बाढी आउँदा सुरक्षाकर्मी र रेडक्रसकर्मीले गर्ने उद्धारको तरिका प्रर्दशनी गरिएको थियो । साथै घाइतेको प्राथमिक उपचारको पक्रिया तथा आगजनीबाट घरमा क्षती हुँदा आगो नियन्त्रण लिन, घाइतेको उद्धार भौतिक सम्पत्तीको सुरक्षा गर्ने तरिकाको बारेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीले अभ्यास प्रर्दशनी गरेका थिए ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले विपद्को समयमा उद्धार टोलीहरुको सक्रियता निकै आवश्यक भएको बताए । कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पनि विपद्जन्य घटना न्युनिकरणको लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक