देवघाट, जेठ २१
देवघाट गाउँपालिकाले असार ५ गते भित्र सम्पुर्ण योजना तथा कार्यक्रमको भुक्तानी माग गर्न सबै सरोकारवालाहरुमा अनुरोध गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य र लेखा अधिकृत शरद न्यौपानेले सोमबार सुचना प्रकाशित गरि गाउँपालिकाबाट सन्चालित तथा सम्झौता गरिएका सम्पूर्ण योजना तथा कार्यक्रमहरुको आगामी असार ५ गतेभित्र बुझाई सहजीकरण गरिदिनु हुन अनुरोध गरेका छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० उपनियम १ बमोजिम आर्थिक वर्ष समाप्त हुनु भन्दा ७ दिन अगावै भुक्तानी गरी निकासा बन्द गर्नुपर्ने हुँदा देवघाट गाउँपालिकामा आर्थिक वर्षको अन्तिम चौमासिकमा कामको चाप बढी हुने, अत्याधिक प्रयोगका कारण स्थानिय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) नचल्ने, ढिला खुल्ने तथा केन्द्रीय सर्भर समेत अवरुद्ध हुने र सिर्जना भएका कर एवं संघ तथा प्रदेशमा फिर्ता गर्नुपर्ने रकम असारमसान्त अगावै दाखिला गर्नुपर्ने, कोष तथा लेखा नियन्त्रकको कार्यालयमा हिसाव भिडान गरी सुत्र लक गर्नुपर्ने हुँदा गाउँपालिकाबाट सन्चालित तथा सम्झौता गरिएका सम्पूर्ण योजना तथा कार्यक्रमहरुको असार ५ गतेभित्र कार्यालयमा बुझाई सहजीकरण गरिदिनु हुन देवघाट गाउँपालिकाले अनुरोध गरेको छ ।
सो अवधिमा भुक्तानी नलिई खाता बन्द भएमा गाउँ कार्यपालिकाको कार्यालय जवाफदेही नहुने पनि सम्बन्धित सबैमा जानकारी गराईएको छ ।