नेकपा एमाले बन्दिपुरको अधिवेशन सम्पन्न, उपाध्यक्ष सहित अन्य पदमा सर्वसम्मत

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ २३

नेकपा एमाले बन्दिपुर गाउँ कमिटिको नवौं अधिवेशन मंगलबार बन्दिपुरमा सम्पन्न भयो । गाउँ कमिटिका कार्यवहाक अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महतले उद्घाटन गरे ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सविता रसाईली, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, पुर्व केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, गन्डकी प्रदेश कमिटिका सदस्यद्वय रामबहादुर गुरुङ र देवु विष्ट, जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी, उपसचिव सुनिता नेपाली, प्रदेश कमिटिका पुर्व सदस्यद्वय इन्द्र कुँवर र श्रीराम कार्की लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन सचिव रवि श्रेष्ठ र स्वागत मन्तव्य उपसचिव अमिर गुरुङ्गले गरेका थिए ।

अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्ने क्रममा अध्यक्ष पदमा सर्वसम्मत हुन सकेन । अध्यक्षमा शान्ति कुँवर, काशिनाथ भट्टराई र रवि श्रेष्ठले अन्तिम समयमा भट्टराईले उम्मेदबारी फिर्ता लिएपनि कुँवर र श्रेष्ठ कसैले पनि उम्मेदबारी फिर्ता नलिँदा सर्वसम्मत हुन सकेको छैन । अध्यक्ष पदका दुबै उम्मेदबारले उम्मेदबारी फिर्ता लिन नचाहेपछि निर्वाचन समितिले आगामी जेठ २५ गते शुक्रबार विहान ८ बजेबाट निर्वाचन गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक जिल्ला कमिटिका सचिव प्रदिप अधिकारीले बताए ।

अन्य पदहरुमा भने सर्वसम्मत भएको छ । उपाध्यक्षमा अमिर गुरुङ, सचिवमा विजय राना र उपसचिवद्वयमा आशिषकुमार जोशी र विष्णुमाया भट्टराई चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा मिमबहादुर गुरुङ, तामप्रसाद भट्ट, सुमित्रा मरहट्ठा लामिछाने, धर्मराज भट्टराई, कृष्णमाया थापा, जेनिसा विक, हरिकाशी गुरुङ, राजु खड्गी, भिमबहादुर घले, दानबहादुर थापा, दिपेन्द्र कपाली, गंगा शुयल, चवल बहादुर गुरुङ, बलबहादुर गुरुङ, विजया अधिकारी, सुजन श्रेष्ठ, सुरज बानिया, कुसुम सुनार, विष्णुमाया सुनार, योगेन्द्र गुरुङ, सावित्री गुरुङ, दिलबहादुर थापा, विवेक जोशी, हरिप्रसाद विक, चिजकुमार गुरुङ, मोनीका गुरुङ, रोशनी बराकोटी, विशोर श्रेष्ठ, विपिन प्रधान र सुर्यकुमार श्रेष्ठ रहेका छन् । यसैगरि लेखा कमिटिको संयोजकमा पशुपती भट्टराई र सदस्यहरुमा टिकाराम लामिछाने र सान्नानी खड्किनी चयन भएका छन् ।

यसैविच नेकपा एमाले शक्लागन्डकी नगर कमिटिको अधिवशेन आज दु्लेगौंडामा हुने भएको छ । सो अधिवेशनको नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङले उद्घाटन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको