आज विश्व वातावरण दिवस, विविध कार्यक्रमगरी मनाइँदै

Devghat Online

शेयर गरौ

दमौली, जेठ २३

आज विश्व वातावरण दिवस २०२४ नेपालमा पनि विविभ कार्यक्रम गरी मनाइँदै छ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाउन लागिएको हो।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ।

सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो।

त्यसयता, विश्वका अन्य देशहरूमा पनि यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ मनाउन थालिएको छ।

यो दिवसको अवसरमा आज बृक्षारोपण, सरसफाई, प्रभातफेरी, अन्तरक्रिया लगायतका कार्यक्रमहरु गरिने भएको छ ।

यसैविच आज विश्व वातावरण दिवसको अवसरमा देवघाट स्थित महेश संस्कृत गुरुकुलका शिक्षक तथा छात्रहरुले महेश संन्यास आश्रम र चक्रवर्ती आश्रम परिसरमामा बृक्षारोपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

देवघाट, माघ २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका