कामदारलाई वेश्यावृत्तीमा लगाउने होटल सन्चालिकालाई ११ वर्ष कैद सजाय

Devghat Online

शेयर गरौ

दमौली, जेठ २५

तनहुँ जिल्ला अदालतले मावन वेचविखनमा संलग्न भएको आरोपमा जिल्ला कारागारमा पुर्पक्षको लागि थुनामा रहेकी व्यास नपा–३ की ४० वर्षीया प्रमिला भन्ने फुलमाया श्रेष्ठलाई ११ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधिश कमलराज विष्टको बुधबारको इजलासले उक्त मुद्धामा अन्तिम फैसला गर्दै आरोपी श्रेष्ठलाई उक्त उक्त सजाय र पीडितलाई ४० हजार क्षतीपुर्ती तथा आरोपीको होटलमा भेटिएको ८७ हजार रुपैयाँ जफत गर्ने तथा पटके मुद्धामा थप ६ महिना कैद र थप २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिए ।

व्यास नपा–१२ घाँसिकुवामा फ्रेन्डसिप रेष्टुरेन्ट एण्ड लज सन्चालन गर्दै आएकी श्रेष्ठले उक्त होटलमा २०७८ माघ महिनाबाट सरसफाईको काम गर्दै आएकी २३ बर्षिया महिलालाई होटलमा आउने ग्राहकहरुसँग पटक–पटक यौन सम्बन्ध राख्न दवाव दिएको र त्यसवापत एक जना ग्राहकसँग सम्बन्ध राखेवापत १ हजार रुपैयाँ दिन्छु भनेपनि उक्त रकम नदिएको तथा पछिल्लो पटक २०७९ असोज २४ गते राती पुनः होटलका ग्राहकसँग यौन सम्बन्ध राख्न दवाव दिएको भन्दै २०७९ असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् २०७९ कार्तिक १४ गते मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । जिल्ला अदालतको २०७९ कार्तिक १५ गतेको आदेशले आरोपित पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू