देवघाटमा राष्ट्रिय परिचयपत्रको आवेदन फारम भरिँदै

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २६

देवघाट गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको आवेदन फारम भरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा देवघाट गाउँपालिकाको संयोजनमा शुक्रबारबाट देवघाटमा राष्ट्रिय परिचयपत्रको आवेदन फारम भर्न सकिने व्यवस्था मिलाइएको हो । उक्त कार्यक्रम जेठ ३१ गतेसम्म चल्नेछ ।

आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने सबैले राष्ट्रिय परिचयपत्रको फारम अनिवार्य रुपमा भर्नुपर्ने सरकारले निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालयमा उक्त फारम भर्न आउने बृद्धबृद्धाको ठुलो भिड लागेपछि देवघाटमा एउटा स्टेशन मार्फत आवेदन फारम भर्न सुरु गरिएको हो । बिहान ६ नबज्दै बृद्धबृद्धाहरु फारम भर्न प्रशासन कार्यालयमा लाइन लाग्न थालेपछि प्रशासनले गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग थप तिनवटा दर्ता स्टेशन उपलब्ध गराउन माग गरेको थियो ।

जिल्ला प्रशासनमा रहेको दुई वटा दर्ता स्टेशनबाट दैनिक बढिमा सय जनाको मात्र फारम भर्न सकिने तर चार सय भन्दा बढि बृद्धबृद्धाहरु फारम भर्न आउन थालेपछि भिड बढेको थियो । प्रशासनको निरन्तर दवाव पछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार थप तिनवटा दर्ता स्टेशन र जनशक्ति उपलब्ध गराएको छ ।

तिनवटा दर्ता स्टेशन थप भएपछि अव एउटा दर्ता स्टेशनलाई क्रमश वडा तहमा पठाईने प्रमुख जिल्ला अधिकारी जनादर्न गौतमले बताए । यसले प्रशासनमा हुने भिड कम हुने प्रजिअ गौतमको विश्वास छ । यसको लागि सबैभन्दा पहिलो चरणमा देवघाट गाउँपालिका छनौट गरिएको प्रजिअ गौतमले बताए । अन्य पालिकामा भन्दा देवघाटमा जेष्ठ नागरिकको संख्या धेरै भएको र बृद्धआश्रम समेत भएको हुँदा देवघाटमा पहिलो चरणमा दर्ता टोली पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । देवघाटको सकिएपछि क्रमशः अन्य पालिका र वडाहरुमा पनि दर्ता टोली खटाईने उनले बताए ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरुको आगामी आ.व. २०८१÷०८२ श्रावण देखि नवीकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचय–पत्र अनिवार्य गरिने भएकाले देवघाट गाउँपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले फोटो खिचाउन र आवेदन दिन छुट हुनु भएका लाभग्राहीहरुका लागि राष्ट्रिय परिचयपत्र आवेदन फारम भर्न आउन अनुरोध गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

वडा नम्बर ५ को सिटि हलमा आवेदन फारम भर्न सकिने व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ५ का नागरिकको लागि जेठ २५ देखी २७ गतेसम्म, वडा नम्बर ४ को लागि २८ गते, वडा नम्बर ३ को लागि जेठ २९ गते, वडा नम्बर २ को लागि जेठ ३० गते र वडा नम्बर १ को लागि जेठ ३१ गतेको समय निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले बताए ।

आवेदन फारम भर्नको लागि जेष्ठ नागरिकको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, विवाह दर्ता वा बसाईसरी आएमा बसाईसराई दर्ता प्रमाण–पत्रको सक्कल, तथा एकल महिला र विधवाको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, मृत्यु दर्ता र विवाह दर्ता प्रमाण–पत्रको सक्कल चाहिने छ ।

साथै पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, मृत्यु दर्ता, विवाह दर्ता, जन्म दर्ता प्रमाण–पत्रको सक्कल, अति अशक्त अपाङ्गताको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, बाबु आमाको नागरिकता, विवाह दर्ता र जन्मदर्ता प्रमाण पत्रको सक्कल र बालबालिकाको हकमा आमा बाबुको नागरिकता र जन्मदर्ता प्रमाण–पत्रको सक्कल अनिवार्य चाहिने गाउँपालिकाले जनाएको छ ।

शुक्रबारदेखी सुरु भएको आवेदन फारम भर्ने कार्यक्रममा शनिबारसम्म ५५ जनाले फारम भरेको देवघाट गाउँपालिकाकी पन्जिकरण शाखाकी प्रमुख सम्झना खत्रीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने