असारको दोस्रो हप्ताभित्र निर्वाचन गर्न ६ पत्रकार संगठनको माग

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ २७

विभिन्न ६ वटा पत्रकार संगठनहरूले आगामी असारको दोस्रो हप्ताभित्र तीनै तहको निर्वाचन सुनिश्चित गर्न नेपाल पत्रकार महासंघसित माग गरेका छन् । आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले जेठ ३२ गतेभित्र शुद्धीकरणसहितको मतदाता नामावली र असार दोस्रो साता निर्वाचन गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा पत्रकार महासंघले अहिलेसम्म मतदाता नामावली घोषणा नभएको, निर्वाचनको मितिसमेत किटान नगरिएकाले निर्वाचनको सन्दर्भमा अन्यौलता सिर्जना भएको बताइएको छ ।

महासंघ आफैले घोषणा गरेको निर्वाचन मिति जेठ २६ गते चुनाव नहुँदा मूल नेतृत्वको निर्वाचन क्षमतामाथि प्रश्न उठेको बताउँदै भनिएको छ–‘पत्रकार महासंघको निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूको महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेको मात्रै छैन, महासंघ नेतृत्वलाई अमूक सङ्गठनको छाया संस्थामा परिणत गर्न चाहान्छ भन्ने प्रमाणित भएको छ ।’

विज्ञप्तिमा असार दोस्रो हप्ताभित्र निर्वाचन गर्ने प्रतिबद्धता पूरा गर्न, शुद्धीकरण कार्यदलले दिएको प्रतिवेदनको आधारमा सक्रिय पत्रकार नछुट्ने गरी मतदाता नामावली टुङ्गो लगाउन, जेठ ३२ गतेभित्र नामावली सार्वजनिक गर्न र पत्रकार महासंघको वैधानिकता कायम गर्दै निर्वाचन गर्न माग गरिएको छ ।

विज्ञप्तिमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष कमल बुढाको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले