म्याग्दे पुर्ण खोप तथा दिगोपना सुनिश्चित पालिका घोषणा

Devghat Online

शेयर गरौ

दमौली, जेठ २७

तनहुँको म्याग्दे गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार उक्त गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको हो ।

‘स्थानीय स्वामित्व र सहभागिता–पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारा सहित पूर्ण खोप पालिका सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी गत वैशाख १७ गतेसम्म १६ महिना देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप वडा नम्बर ३ अन्तर्गत रहेको पसले आधारभुत स्वास्थ्य केन्द्र÷किल्चोक सामुदायिक स्वास्थ्य ईकाइका स्वास्थ्य कर्मचारीहरुले घरधुरी सर्वेक्षण गरी पूर्ण खोप पाएको सुनिश्चितता गरिएको हुँदा उक्त घोषणा कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा उपस्थित वडा खोप समन्वय समितिका संयोजक तथा सम्पूर्ण पदाधिकारीहरु, अतिथिहरु, स्वास्थ्यकर्मीहरु, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, पत्रकार, टोल विकास संस्था, आमा समूह, महिला सञ्चाल, मजदुर, व्यापारी, जनजाती, दलित, अपाङ्ग सञ्जाल एवं म्याग्दे गाउँपालिकाका हामी बासिन्दाहरुले आगामी दिनमा समेत उक्त खोप अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

म्याग्दे गाउँपालिकाका कोही बालबालिका पनि खोप लगाउनबाट बन्चित नभएको हुँदा सबै वडालाई प्रमाणीकरण तथा पालिका खोप प्रमाणीकरण प्रमाणपत्र वितरण समेत गरिएको थियो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खोप पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको हुँदा स्वास्थ्यकर्मीहरु यस बारेमा गम्भिर बन्नु पर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, विभिन्न वडाका अध्यक्षहरु, स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरवावु अधिकारी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरे लगायत गाउँपालिकामा कार्यरत विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू र सुरक्षाकर्मी सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म