गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

Devghat Online

शेयर गरौ

पोखरा, जेठ २८

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज ३ बजे बैठक डाकिएको छ । दलहरूसँगको छलफलपछि नै उनले संसद फेस गर्न लागेका हुन् ।

मुख्यमन्त्रीले मत माग्ने कार्यलाई तीव्रता दिएका छन् । उनले आइतबार नेकपा एमालेसँग पत्र लेखेर मत मागेका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने गरी कुनै पनि दलले निर्णय गरेको छैन । प्रदेशमा दुई सिट रहेको राप्रपाले केन्द्रको निर्णय कुरेर बसेको छ । राप्रपाले मत दिइहालेमा पनि अझै दुई सिट नपुग्ने निश्चित छ ।

स्वतन्त्र सांसद राजीव गुरुङले एक सिट मात्र नपुगे आफू बाधक नबन्ने स्पष्ट पारेका छन् । उनले ३० सिट पुर्याएमा आफूले मत दिने बताउँदै आएका छन् ।

प्रदेसभामा २७ सिटसहित ठूलो दल पार्टी नेपाली कांग्रेसका दलका नेता पाण्डेलाई सर्वोच्च अदालतको परमादेशअनुसार धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पाण्डेले विश्वासको मत नपाए गण्डकीमा उपधारा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार बनाउने बाटो खुला हुन्छ ।

सत्तापक्ष र प्रतिपक्ष दुवै उपधारा (५) मा जाने रणनीतिमा छन् । यदि उपधारा (३) को सरकार ढल्यो भने ५ मा आफैँले बहुमत देखाएर मुख्यमन्त्री दाबी गर्ने योजना पाण्डेको छ ।

दलका सांसदलाई यो उपधारा अनुसार दलको ह्वीप लाग्दैन । त्यसैले आफ्नो पक्षमा बहुमत पुग्ने पाण्डेको विश्वास छ ।

विपक्षी दलहरु पनि उपधारा ५ मै मुख्यमन्त्री दाबी गर्ने र प्रदेश प्रमुख अनुकूल भएका कारण मुख्यमन्त्री नियुक्त हुने रणनीतिमा छन् ।

दुवै पक्ष उपधारा (५) अनुसार विश्वासको मत नपाए पनि कम्तीमा चुनावी सरकारको नेतृत्व गर्ने रणनीतिमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।