सिन्धुलीमा भएको मोटरसाइकल दुर्घटनामा तनहुँ भिमादका प्रहरी सहायक हवल्दार श्रेष्ठको मृत्यु

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ २८

सिन्धुलीमा सवारी दुर्घटना हुँदा तनहुँको भिमाद नगरपालिका वडा नं. ७ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको महाराजगञ्ज पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।

सोही दुर्घटनामा सिन्धुली कमला नगरपालिका वडा नं. ९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका उनीहरु दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गर्दै पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कनेक्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल आइतबार अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो । सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त