गर्मी बढेपछि भरतपुर महानगरका विद्यालय चार दिन बन्द

Devghat Online

शेयर गरौ

भरतपुर, जेठ २८

अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले सबै विद्यालय चार दिनका लागि बिदा दिएको छ । महानगरपालिकाले सोमबार सूचना जारी गर्दै जेठ २९ गतेदेखि ३२ गतेसम्म सबै विद्यालयमा बिदा दिएको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुवासचन्द्र आचार्यले एक विज्ञप्ती जारी गर्दै बर्षे बिदा कट्टा हुनेगरी बिदा दिइएको जनाएका छन ।

बिदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी–पोखरीहरूमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन र आवश्यक सावधानी अपनाउन महानगरले बिज्ञप्ती मार्फत आग्रह गरेको छ । चितवनमा पछिल्लो साता अत्याधिक गर्मी हुदाँ जनजिवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।