ऑबुखैरेनीमा निजी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति

Devghat Online

शेयर गरौ

दमौली, जेठ २८

ऑबुखैरेनी गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिमा समान अवसर प्रदान गरिएको छ ।
गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुले गत जेठ १५, १८ र १९ गते सञ्चालन गरिएको छात्रवृत्ति वितरण परिक्षाबाट गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयमा अध्ययनरत २८७२ (दुई हजार आठ सय बहत्तर) जना विद्यार्थी मध्ये ३७१ (तीन सय एकहत्तर) जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् ।

नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक अन्तर्गत ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ’ भने बमोजिम तथा स्थानीय सरकार सञ्चालन ऐनले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिएको हुँदा यसको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारमा भएकोले यस गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिमा समान अवसर प्रदान गर्ने प्रयास गरिएको चुमानले बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा आँबुखैरेनी शिक्षा ऐन तथा नियमावली, २०७९ ले तोके बमोजिम ५ सय सम्मको विद्यार्थी संख्या भएका विद्यालयहरुले १० प्रतिशत, विद्यार्थी संख्या ५ सय देखि ८ सय सम्म भएका विद्यालयले १२ प्रतिशत र विद्यार्थी संख्या ८ सय भन्दा माथि भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति अनिवार्य रुपमा प्रदान गर्नुपर्ने उल्लेख छ ।

छात्रवृत्ति वितरण परिक्षाले विद्यालयद्वारा प्रदान गरिदै आएको छात्रवृत्तिलाई अझै पारदर्शी बनाउने गाउँपालिका अध्यक्ष चुमानले बताए । यो कार्यक्रमलाई आगामी वर्ष यसलाई अझै व्यवस्थित बनाउने अध्यक्ष चुमानको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र