नेकपा एमाले भिमादको नेतृत्वकोलागि निर्वाचन, अध्यक्षमा इमान र उज्वलको उम्मेदबारी

Devghat Online

शेयर गरौ

दमौली, जेठ २८

नेकपा एमाले भिमाद नगर कमिटिको नेतृत्वको लागि निर्वाचन भएको छ । आइतबारदेखी सुरु भएको दोश्रो नगर अधिवेशन अन्तर्गत सोमबार साँझ ७.३० बजेबाट निर्वाचन भएको हो ।

अध्यक्ष पदमा इमानबहादुर थापा र उज्वल खनालले उम्मेदबारी दिएका छन् । इमान नगर कमिटिका निवर्तमान अध्यक्ष हुन् भने उज्वल जिल्ला कमिटिका निवर्तमान सदस्य हुन् । त्यसैगरि उपाध्यक्षमा चतुर्भुज सुवेदी र निमकान्त पौडेलले उम्मेदबारी दिएका छन् । सचिव र खुल्ला उपसचिव भने सर्वसम्मत निर्वाचित भएको छ । सचिवमा भिमसेन थापा बलु र उपसचिवमा दिनेश थापा सर्वसम्मत भए । त्यसैगरि महिला उपसचिवमा नारायणी गैह्रे लामिछाने र चन्द्रावती श्रेष्ठले उम्मेदबारी दिएका छन् ।

त्यसैगरि केही वडामा र केही क्लष्टरमा पनि सदस्यहरु सर्वसम्मत नभएपछि उक्त पदमा पनि निर्वाचन भएको छ । उक्त नगर अधिवेशनमा २४१ ज्ना प्रतिनिधिहरु रहेका छन् । निर्वाचन परिणाम मंगलबार विहानसम्म आइसक्छ ।

तनहुँ जिल्लामै नेकपा एमालेको सबैभन्दा बलियो संगठन रहेको भिमादको अधिवेशनलाई नेताहरुले पनि चासोका साथ हेरेका छन् । अधिवेशनको नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङ्गले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।