नेकपा एमाले भिमादको नेतृत्वकोलागि निर्वाचन, अध्यक्षमा इमान र उज्वलको उम्मेदबारी

Devghat Online

शेयर गरौ

दमौली, जेठ २८

नेकपा एमाले भिमाद नगर कमिटिको नेतृत्वको लागि निर्वाचन भएको छ । आइतबारदेखी सुरु भएको दोश्रो नगर अधिवेशन अन्तर्गत सोमबार साँझ ७.३० बजेबाट निर्वाचन भएको हो ।

अध्यक्ष पदमा इमानबहादुर थापा र उज्वल खनालले उम्मेदबारी दिएका छन् । इमान नगर कमिटिका निवर्तमान अध्यक्ष हुन् भने उज्वल जिल्ला कमिटिका निवर्तमान सदस्य हुन् । त्यसैगरि उपाध्यक्षमा चतुर्भुज सुवेदी र निमकान्त पौडेलले उम्मेदबारी दिएका छन् । सचिव र खुल्ला उपसचिव भने सर्वसम्मत निर्वाचित भएको छ । सचिवमा भिमसेन थापा बलु र उपसचिवमा दिनेश थापा सर्वसम्मत भए । त्यसैगरि महिला उपसचिवमा नारायणी गैह्रे लामिछाने र चन्द्रावती श्रेष्ठले उम्मेदबारी दिएका छन् ।

त्यसैगरि केही वडामा र केही क्लष्टरमा पनि सदस्यहरु सर्वसम्मत नभएपछि उक्त पदमा पनि निर्वाचन भएको छ । उक्त नगर अधिवेशनमा २४१ ज्ना प्रतिनिधिहरु रहेका छन् । निर्वाचन परिणाम मंगलबार विहानसम्म आइसक्छ ।

तनहुँ जिल्लामै नेकपा एमालेको सबैभन्दा बलियो संगठन रहेको भिमादको अधिवेशनलाई नेताहरुले पनि चासोका साथ हेरेका छन् । अधिवेशनको नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङ्गले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि