मेयर न्यौपानेको रिटले पाएन प्राथमिकता, तेस्रो दिन पनि हेर्न नभ्याइने

Devghat Online

शेयर गरौ

मतगणनामा उपस्थित हुन जिल्ला निर्वाचन कार्यालयको पत्र

दमौली, जेठ २९

व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसला विरुद्ध सर्वोच्च अदालत पुगेका व्यास नपाका मेयर बैकुण्ठ न्यौपानेको रिटले सर्वोच्च अदालतमा प्राथमिकता पाएको छैन । उक्त रिट लगातार तेश्रो दिन पेशीमा चढेपनि हेर्न नभ्याइने सुचिमा परेको छ

उच्च अदालतको फैसला विरुद्ध अन्तरिम आदेशको माग गरेका मेयर न्यौपानेको रिट मंगलबार न्यायधिश टेकप्रसाद ढुङ्गाना र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा परेको थियो । उक्त रिट आइतबार र सोमबार लगातार पेशीमा चढेपनि हेर्न नभ्याइने सुचिमा परेको थियो । मुद्धामा अव असार २ गते पेशी तोकिएको छ ।

नेकपा एमालेको समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सह- महामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले धांदली भएको भन्दै मतपरिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्चमा रिट हालेका थिए ।

जोशीको रिटमाथि उच्चले निर्वाचन भएको २ वर्षपछि पुनःमतगणना गर्ने फैसला गरेको थियो । गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो । उच्च अदालतको फैसला अनुसार पुनः मतगणना गर्ने दिन नजिकिएको हुँदा असार २ गते पेशी चढ्नु अघि नै मतगणना भईसक्छ ।

तनहुँबाट शिलबन्दी गरेर राखिएको मतपत्र पोखरा ल्याएर मतगणना गर्ने तयारी भएको अवस्थामा उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको उक्त फैसला बदर गर्न माग गर्दै मेयर न्यौपाने बिहीबार सर्वोच्च पुगेका थिए ।

यसैविच जिल्ला निर्वाचन कार्यालय तनहुँले व्यास नपाको मेयर पदको पुनः मतगणना असार २ गते १० बजेदेखी उच्च अदालत पोखरामा हुने हुँदा उक्त मतगणना कार्यक्रममा उपस्थित हुन मेयर पदका उम्मेदवारहरुलाई अनुरोध गरेको छ। निर्वाचन कार्यालय तनहुँले मंगलवार मेयर पदका उम्मेदवारहरुलाई पत्र पठाई उक्त मतगणना कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।