देवघाट, जेठ २९
नेकपा एमाले देवघाट गाउँ कमिटिको दोश्रो अधिवेशन मंगलबार देवघाटमा सम्पन्न भयो । सो अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महतले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै केन्द्रीय सदस्य महतले पार्टीमा गुट बनाउने छुट कसैलाई नभएको बताए । ‘एमाले बनाउनुस् तर गुट नबनाउनुस्’ उनले भने ‘जिल्ला अधिवेशनको बाछिटा स्थानीय तहको अधिवेशनमा देखिनु राम्रो हैन । गुट बढ्दै गयो भने मिसन ८४ को लक्ष्य पूरा नहुने महतको भनाई थियो ।
नेकपा एमाले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य लिएको पार्टी भएको भन्दै उनले एमालेको नेतृत्वमा मात्रै यो लक्ष्य पूरा हुने दावी गरे। अब एमाले एक्लैले २०८४ मा बहुमत ल्याउने गरि काम गर्नुपर्ने हुँदा अधिवेशनहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने महतले बताए । विगतमा किन चुनात्र हाऔं भनेर समीआ गर्नुपर्ने भन्दै महतले यो वर्षलाई पार्टी शुद्धीकरण र सुदृढीकरणको वर्षको रुपमा मनाउनुपर्ने बताए।
नेकपा एमाले देवघाट गाउँ कमिटिका कार्यवहाक अध्यक्ष उमेश नैनावस्तीको अध्यअतामा सम्पन्न सो कार्यक्रममा पुर्व केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेल, उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी, उपसचिव सुनिता नेपाली, पूर्व गन्डकी प्रदेश कमिटिका सदस्य इन्द्रबहादुर कुँवर, श्रीराम कार्की, मोहन विक, जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
नयाँ नेतृत्वकोलागि सहमतीको प्रयास जारी रहेको एमाले नेताहरुले जनाएका छन् । यो समाचार तयार पार्दासम्म नेतृत्वमा सहमती भएको छैन ।