देवघाटमा चालु आ.व.मा १४२ वटा योजना सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असार ४

देवघाट गाउँपालिकामा चालु आर्थिक वर्षमा सडक तथा यातयात पुर्वाधार तर्फ १४२ वटा योजना सम्पन्न भएका छन् ।

गाउँपालिकाका अनुसार चालू आ.व. २०८०÷०८१ मा ११६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्काबाट गरी जम्मा १४२ वटा योजना सम्पन्न भएको छ । जसमा ४१ वटा योजना गाउँपालिका स्तरीय र १०१ वटा योजना वडा स्तरीय रहेका छन् ।

गाउँपालिका अन्तर्गत रहेका वडा नं. २, ३, ४ र ५ का वडा कार्यालय भवन सम्पन्न भएको र वडा नम्बर १ र गाउँपालिका प्रशासकीय भवन सम्पन्न हुने अन्तिम चरणमा रहेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । साथै १० शैयाको देवघाट आधारभुत अस्पताल पहिलो ढलान सम्पन्न भई थप कार्य भई रहेको छ ।

गाउँपालिका स्तरीय बजेटबाट बाटो कालोपत्रे कार्यको सुरुवात गरिएको छ । गाउँपालिका अन्तर्गत रहेको सिंच्याङ्ग र वैदी स्वास्थ्य चौकीमा थप पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन तथा मर्मत कार्य सम्पन्न गरिएको छ । त्यसैगरि गाउँपालिका भित्र १० कि.मि नयाँ ट्रयाक निर्माण र २३० कि.मि. सडक मर्मत सम्भार गरी यातायात सञ्चालन गरिएको छ । गाउँपालिकाका सबै वडा गरी जम्मा ११ वटा नयाँ आर.सि.सि. खानेपानी ट्यांकी निर्माण गरी खानेपानीको पहुँचमा वृद्धि गरिएको गाउँपालिकाले जनाएको छ ।

चालु आ.व.मा ३ वटा झोलुङ्गे पुल (रिस्ती खोला, देउती खोला र चाँप खोला) को निर्माण कार्य सम्पन्न गरिएको छ । वडा नम्बर ५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणको लागि डि.पि.आर तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षण कार्य भईरहेको छ । सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचनाहरु पुन निर्माण गरी संचालन योग्य बनाईएका छन् । बाटोको छेउ तथा बिचमा रहेका तथा जीर्ण भएका विद्युतीय पोलहरुको व्यवस्थापन गरिएका छन । गाउँपालिका अन्तर्गत थप ५ वटा विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।

घिनाटार देखि टाउनचोक सम्म मोटरबाटो कालोपत्रेको कार्य अन्तिम चरणमा रहेको छ । त्यसैगरि छिपछिपे भञ्ज्याङ बजार व्यवस्थापनका लागि सडक स्तरोन्नति गर्न ग्याबिन जाली लगाई बाटो बिस्तार गरिएको, देवघाट धामको वेणी संगममा सार्वजनिक शौचालय निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै पिपलटार देखि मधुवन चोकसम्म र भुवनटारमा सडक कालोपत्रे गर्न कार्य अघि बढेको छ भने हर्दी पुलदेखि वेणी संगम हुदै दासढुंगासम्मको पदमार्ग पहिलो चरणको निर्माण गरिएको छ । त्यस्तै देवघाट–४ काफलडाँडामा सुन्तला नसर्री स्थापनाकोलागि टनेल निर्माण गरिएको छ । हर्दी र ठिमुरामा पक्की पुल निर्माण भई यातयात सन्चालन भईसकेको छ ।

चालु आ.वमा गाउँपालिकाको अनुगमन समितिबाट २२ पटकको अनुगमनमा ९९ वटा योजनाको अनुमगमन गरि ६ वटा योजनाको कार्यान्वयनमा सुधारकालागि सुझाव दिईएकोमा सबै सुझाव कार्यान्वयन भईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न