देवघाटले सहकारी संस्थाको प्रभावकारी नियमन र अनुगमन गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, असार ४

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरुको प्रभावकारी नियमन र अनुगमन गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०८१।०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिका भित्र रहेका सहकारी संस्थाको प्रभावकारी नियमन र अनुमगनको लागि सहकारी शाखाको व्यवस्थापन गरि नियमनकीय क्षमता अभिवृद्धि गर्ने जनाए ।

साथै उत्कृष्ट कार्य गर्ने सहकारी संस्था छनौट गरि पुरस्कृत गर्ने व्यवस्था मिलाउने पनि अध्यक्ष थापाले जानकारी दिए । नागरिकहरुको व्यवसायिक जिवनलाई प्रबद्र्धन गर्न सहकारी संस्थाहरुको सवलिकरणमा जोड दिने नीति गाउँपालिकाले लिएको छ ।

सहकारी संस्थाहरुको उन्नती र प्रगतिमा टेवा पु¥याउनको लागि पालिका स्तरीय सहकारी समन्वय समिति गठन गरि उनीहरुको क्षमता विकास गरिदै लैजाने तथा सहकारी संस्थालाई प्रबर्धन गरि व्यवसायीक खेतीमा जोड दिने गाउँपालिकाको नीति रहेको अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो