देवघाटमा योग जागरण तथा सचेतना कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

देवघाट, असार ६

दशौं विश्व योग दिवसको अवसरमा शुक्रबार विहान देवघाटमा योग जागरण तथा सचेतना कार्यक्रम हुने भएको छ ।

देवघाटधाम जेसीज र ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र, देवघाटको संयुक्त आयोजनामा दशौं विश्व योग दिवसको अवसरमा शुक्रबार विहान ६ बजेदेखी ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र, देवघाटको सभाकक्षमा योग जागरण अभियान तथा सचेतना कार्यक्रम आयोजना गरिएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले जानकारी दिए । सो कार्यक्रममा उपस्थितिको लागि देवघाटबासीलाई अनुरोध गरिएको अध्यक्ष मल्लले बताए ।

शुक्रबार विश्व योग दिवस विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन २०१५ को २१ जुनलाई विश्व योग दिवस मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘आफु र समाजका लागि योग’ भन्ने मुल नाराका साथ यो दिवस मनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले