देवघाटमा योग जागरण तथा सचेतना कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

देवघाट, असार ६

दशौं विश्व योग दिवसको अवसरमा शुक्रबार विहान देवघाटमा योग जागरण तथा सचेतना कार्यक्रम हुने भएको छ ।

देवघाटधाम जेसीज र ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र, देवघाटको संयुक्त आयोजनामा दशौं विश्व योग दिवसको अवसरमा शुक्रबार विहान ६ बजेदेखी ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र, देवघाटको सभाकक्षमा योग जागरण अभियान तथा सचेतना कार्यक्रम आयोजना गरिएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले जानकारी दिए । सो कार्यक्रममा उपस्थितिको लागि देवघाटबासीलाई अनुरोध गरिएको अध्यक्ष मल्लले बताए ।

शुक्रबार विश्व योग दिवस विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन २०१५ को २१ जुनलाई विश्व योग दिवस मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘आफु र समाजका लागि योग’ भन्ने मुल नाराका साथ यो दिवस मनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु