घिरिङ गाउँपालिकाद्वारा नीति तथा कार्यक्रमकोलागि सुझाव संकलन

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ असार ८

घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटकोलागि स्थानीय स्तरबाट सुझाव संकलन गरेको छ । शनिबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरि सरोकारवालाहरुको सुझाव संकलन गरिएको हो ।

गाउँपालिकाको आगामी आ.व. ०८१।८२ को नीति, कार्यक्रम अन्तर्गत घिरिङ गाउँपालिकाले के कस्ता नीति तथा कार्यक्रम तर्जुमा गर्दा जनताहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित गराउन सकिन्छ भन्ने उदेश्य सहित सुझाव संकलन कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले बताए ।

सो कार्यक्रममा विभिन्न पार्टिका राजनितीक दलका प्रतिनिधिहरु, शिक्षक, बुद्धिजीवी, निर्माण ब्यवसायी, सन्चारकर्मी लगायतले विभिन्न सुझाब दिएका थिए । घिरिङ गाउँपालिकाको कृष्ण मोटरमार्ग स्तरोन्नतिको लागि संघ र प्रदेश सरकारले गर्न नसके मुख्य प्राथमिकतामा राखी बजेट बिनियोजन गर्नु पर्ने सुझाब सहभागी सबैको रहेको थियो ।

गाउँपालिका भित्रका विभिन्न अलपत्र योजनाहरु पुरा गर्नुपर्ने, शाखा सडक बिस्तार, कृषि, सिंचाइ, शिक्षा, अति बिपन्न लाई स्वास्थ्य बिमा , विद्यालय भवन निर्माण, कला संस्कृति धार्मिक तथा पर्यटनमा विकास, एक घर एक रोजगार गरि बसाइँसराइको अन्त्य गर्ने, एक ठाउँ एक कृषि तथा पशु उत्पादन गरि बाझो जमिनको प्रयोग हुनु पर्ने सुझावहरु राखेका थिए । साथै आन्तरिक श्रोतबाट राजस्व संकलन गर्न ब्यवसाय दर्ता, घर कायम, जंगलमा भएका काठ दाउरा लाई करको दायरामा ल्याउने, प्रहरी चौकी भवन निर्माण, २५ सैयाको हस्पिटल निर्माण, बाँदर नियन्त्रण गर्नु पर्ने जस्ता सुझाव राखेका थिए ।

सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले घिरिङ गाउँपालिकाको नीति तथा कार्यक्रममा सबैको महत्वपूर्ण सुझाव ग्रहण गरि आगामी असार १० गते गाउँपालिकाको गाउँसभा बाट नीति तथा कार्यक्रम गरि बजेट प्रस्तुत गरिने बताए ।

उक्त कार्यक्रममा घिरिङ गाउँंपालिकाका पुर्व अध्यक्ष रनबहादुर राना, नेकपा एमाले जिल्ला कमिटी सदस्य इन्द्र थापा र रण बहादुर गुरुङ्ग, एमाले घिरिङ गाउँ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठ, नेपाली काँग्रेस घिरिङ गाउँ कार्य समितिका सभापति याम बहादुर थापा, नेकपा माओवादी केन्द्र घिरिङका अध्यक्ष चुन नारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी घिरिङका संयोजक तिर्थराज सिग्देल, चन्द्र ज्योती मावि व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापा र प्रअ प्रेम बहादुर थापा, घिरिङ निर्माणका सन्चालक मनबहादुर राना र सन्चारकर्मी अन्जान परियार लगायतले सुझावहरु दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक